आज : २०२६-०६-२६, शुक्रबार

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी: एक युवक पक्राउ

रुपन्देही, मंसिर ११ – रुपन्देही जिल्लामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सैनामैना नगरपालिका-३ सरौलीका २५ वर्षीय सागर थापा रहेका छन्।

इलाका प्रहरी कार्यालय रन्यौराका अनुसार, सागर थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि प्रहरी टोली बुधबार राति खटिएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।