News Portal

सरकारद्वारा म्यान्मा, थाइल्याण्डलगायत देशमा ट्राभल एड्भाइजरी जारी

सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, र लाओस जान लागेका नेपाली नागरिकलाई सावधानी अपनाउन तीनबुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ।

संगीता गुरुङ
३४२ पटक

काठमाडौं – सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, र लाओस जान लागेका नेपाली नागरिकलाई सावधानी अपनाउन तीनबुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ।

परराष्ट्र मन्त्रालयले सोमबार जारी सूचनामा मानव बेचबिखन तथा जबर्जस्ती अवैध काममा लगाउने गिरोहहरूको सक्रियता बढेको भन्दै सचेत रहन आग्रह गरेको हो।

सूचनामा थाइल्याण्डको बैंकक हुँदै म्यान्माको कायिन प्रान्तमा लैजाने, राहदानी खोस्ने, चरम यातना दिने, र तलब नदिने घटनाहरू बारे जानकारी गराइएको छ। उद्धारका लागि नेपाली राजदूतावासहरूमा आवेदन दिने पीडितहरूको सङ्ख्या बढिरहेको मन्त्रालयले जनाएको छ।

सरकारले रोजगारीको प्रलोभन देखाउने ठगहरूबाट सचेत रहन, नक्कली प्रस्तावमा नपर्न र गैरकानुनी कार्यमा संलग्न नगर्न सबैलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...