News Portal

सरकारद्वारा म्यान्मा, थाइल्याण्डलगायत देशमा ट्राभल एड्भाइजरी जारी

सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, र लाओस जान लागेका नेपाली नागरिकलाई सावधानी अपनाउन तीनबुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ।

संगीता गुरुङ
२८० पटक

काठमाडौं – सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, र लाओस जान लागेका नेपाली नागरिकलाई सावधानी अपनाउन तीनबुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ।

परराष्ट्र मन्त्रालयले सोमबार जारी सूचनामा मानव बेचबिखन तथा जबर्जस्ती अवैध काममा लगाउने गिरोहहरूको सक्रियता बढेको भन्दै सचेत रहन आग्रह गरेको हो।

सूचनामा थाइल्याण्डको बैंकक हुँदै म्यान्माको कायिन प्रान्तमा लैजाने, राहदानी खोस्ने, चरम यातना दिने, र तलब नदिने घटनाहरू बारे जानकारी गराइएको छ। उद्धारका लागि नेपाली राजदूतावासहरूमा आवेदन दिने पीडितहरूको सङ्ख्या बढिरहेको मन्त्रालयले जनाएको छ।

सरकारले रोजगारीको प्रलोभन देखाउने ठगहरूबाट सचेत रहन, नक्कली प्रस्तावमा नपर्न र गैरकानुनी कार्यमा संलग्न नगर्न सबैलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...