News Portal

बन सांग्लाले घर सांग्लालाई खायो

कमला थापा
८३१ पटक
२०८१ पौष ७ गते आईतबार

काठमाण्डौं। पृथ्वीको स्वर्ग, नेपाल आज हेर्दाहेर्दै कस्तो हुदै गयौ। गैर खेलाडिले खेलेको खेल जस्तो। सिप नभएको कालिगढले बनाएको मूर्ति जस्तो। देशको यो दुर्गति, जनताको यस्तो हबिगत र नेताहरुको लम्पसारबादले नेपाली जनताले न गरिखान पाए ! न त देशको सम्मान र जनताको स्वाभिमान रह्यो। बहुदल आएको ३५ बर्ष भयो। चप्पल पड्काउँदै ठर्रा पिउन शन्त नेताको पछि लाग्ने नेताहरुलाई अबस्य पनि सम्झना होला लाजिम्पाटको भित्र गल्लिमा भएको भट्टि पसल आज त सुबिधा सम्पन्न ठूला रेष्टुरेन्ट भयो होला, तर त्यहि भट्टिमा ठर्रा पिउनेहरु आज श्री रिवाल पिउन थाले। देश बिर्सिए, जनतालाई रैति सम्झिए, कार्यकर्तालाई दाश बनाउन सफल भए,यो भन्दा प्रगति अरु के खोज्ने ?

“कांग्रेसले विपी कोइराला बिर्सियो, राजसंस्था बिर्सियो, एमालेले मदन भण्डारी बिर्सियो, माओवादीले १७ हजार जनता केका लागि मारेको थियो ? राप्रपा राजाको नाम बेचेर खान पल्कियो। नयाँ आएको पार्टिले सहकारी सिध्यायो जनता कंगाल बनायो। अब अरु अझै हेर्न बांकी केही छ ?”

कांग्रेसले विपी कोइराला बिर्सियो, राजसंस्था बिर्सियो, एमालेले मदन भण्डारी बिर्सियो, माओवादीले १७ हजार जनता केका लागि मारेको थियो ? राप्रपा राजाको नाम बेचेर खान पल्कियो। नयाँ आएको पार्टिले सहकारी सिध्यायो जनता कंगाल बनायो। अब अरु अझै हेर्न बांकी केही छ ? राजसंस्थालाई पार्टिहरुले बाहिर राख्दा देशै असुरक्षित हुन पुग्यो भने, नेपाली कांग्रेसमा देउवाको उदयले कांग्रेस असुरक्षित हुदै गयो। निष्ठावान कार्यकर्ताहरुले यो कुरा समयमै बुझ्न जरुरि छ। पार्टिहरु भित्र पसेका बन सांग्लाहरुले घर सांग्लालाई खान‌ नपाओस्।

नेपाली कांग्रेसलाई गैर कांग्रेसीले सिध्याउदै छ। “कस्का पालामा को नाच्छ”भन्ने उखान ठ्याक्कै नेपाली कांग्रेसमा देखियो। ८ लाख कार्यकर्ताको धनि पार्टि, त्यत्रो बटालिन केन्द्रिय सदस्य, ९० जना सांसद, अनुभवले खारिएका अर्जुन नरसिंह जस्ता नेता सांसद छन्। आफुलाई ६ पटक निर्वाचित हुन सफल भएको भन्ने विपीपुत्र पूर्वमहामन्त्री डा. शशांक कोइराला, संगठन कर्ता बरिष्ठ नेता डा. शेखर कोइराला, बिध्यार्थी जिवनदेखी खारिएर आएका यूवा नेता डा. चन्द्र भण्डारी जस्ता नेताहरुलाई पन्छाउदै देउवाले आफ्नो श्रीमतीलाई परराष्ट्रमन्त्री बनाए, कुन आधारमा ? केवल आफ्नो श्रीमती भएको नाताले ? जस्को फल स्वरूप देश र ३ करोड जनताको अपमान भैईरहेछ, यो कस्ले हेर्ने ? परराष्ट्रमन्त्री श्रीमती देउवा मोदिलाई भेटन धर्ना कसेर बसेकी छन्। मोदि सरकार आफै धरापमा परेको देखिन्छ। मोदि सरकार ढल्ने अबस्थामा पुगेको छ।

“पूर्व मेचीदेखि पश्चिम महांकालीसम्म भ्रमण गरिसकेका राजा अहिले फेरी मध्यपश्चिमको भ्रमणमा छन्। जनताले राजाको भब्य स्वागत गर्दै राजा आऊ देश बचाउ भन्ने नारा गुन्जिएको छ। त्यस्तो राजालाई बाहिर राखेर विदेशीको चाकडी गर्न लाज लागेन ? यदि झुक्नु नै छ, भने आफ्नै राजासंग झुक न बिदेशी सन्तुलन राजसंस्थाले मिलाउछ। सत्ता र शक्तिको आडमा देश लुटेर, बिदेशको बैंक भर्दैमा सुरक्षित अबस्य हुनेवाला छैन। एकदिन त्यो सबै राष्ट्रले फिर्ता गर्ने छ। त्यो दिन टाढा छैन। जनताले हिसाव गरिरहेका छन्।”

नेपाल र नेपाली जनताको गौरव, राजसंस्था विश्वले मानेको एकमात्र शनातन हिन्दुधर्म संस्कृति, रीतिरिवाज, परम्परागत शैलीमा आधारीत, पृथ्वीनारायण शाहले निर्माण गरेको देश, जस्का वंसजलाई विश्वले सम्मान गर्छ। त्यस्तो राजसंस्थालाई बाहिर राखेर देश सुरक्षित हुनसक्दैन। पूर्व मेचीदेखि पश्चिम महांकालीसम्म भ्रमण गरिसकेका राजा अहिले फेरी मध्यपश्चिमको भ्रमणमा छन्। जनताले राजाको भब्य स्वागत गर्दै राजा आऊ देश बचाउ भन्ने नारा गुन्जिएको छ। त्यस्तो राजालाई बाहिर राखेर विदेशीको चाकडी गर्न लाज लागेन ? यदि झुक्नु नै छ, भने आफ्नै राजासंग झुक न बिदेशी सन्तुलन राजसंस्थाले मिलाउछ। सत्ता र शक्तिको आडमा देश लुटेर, बिदेशको बैंक भर्दैमा सुरक्षित अबस्य हुनेवाला छैन। एकदिन त्यो सबै राष्ट्रले फिर्ता गर्ने छ। त्यो दिन टाढा छैन। जनताले हिसाव गरिरहेका छन्।

“खेलकुमा एउटै मन्चमा भएका कांग्रेस सभापति देउवा र प्रचण्डको अनुहार हेर्नलायक थियो। एकले अर्कोको अनुहार हेरेनन्। पूर्व र पश्चिम फर्किएका थिए।”

देश र जनताको परिस्थिति बुझन, देश संकटमा पर्न लागेको बुझेर ७८ बर्षका राजा ज्ञानेन्द्र शाह यस्तो पुष महिनाको चिसोमा मध्यपश्चिमाञ्चलको भ्रमण गरिरहेका छन्। तर देशका प्रधानमन्त्री, परराष्ट्रमन्त्री भने बिदेशीसंग लम्पसार पर्दै छन्। केही त सरम गर ! आफ्नो देशमा हिड्न नसक्ने भैसके, हिजो खेलकुद कार्यक्रम समारोहमा प्रधानमन्त्री जान सकेनन्। इटहरी तिर भागे, जहाँ गयो त्यहिं जुत्ता, कालो झण्डा देखाउँदै नेता लखेट्न थाले। खेलकुमा एउटै मन्चमा भएका कांग्रेस सभापति देउवा र प्रचण्डको अनुहार हेर्नलायक थियो। एकले अर्कोको अनुहार हेरेनन्। पूर्व र पश्चिम फर्किएका थिए। उता सुदुरपश्चिमको बिभिन्न कार्यक्रममा गएका बरिष्ठ नेता डा. शेखर कोइरालालाई कार्यकर्ताहरुले भब्य स्वागत गर्दै शेखर आउ कांग्रेस बचाउ भन्ने नाराले स्वागत गरेका छन्। यता आफुलाई यूवा नेता भन्नेहरु दाजु र भाउजुको भलाकुसारीमा जुटेका छन्। यसरी गणतन्त्रमा पार्टिहरु असफल भैसकेको छ। देश र जनताको रक्षाका लागि राजसंस्थालाई साथ दिएर उनले जनतालाई बुझाएको नासो श्रीपेच र राजदण्ड छिट्टै फिर्ता हुदैछ। पशुपतिनाथले यो देशको रक्षा गरुन। जय नेपाल।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...