News Portal

  • कास्कीका एसपी ओलियालाई हेडक्वार्टर तान्ने तयारी

    हिमालीसंचार संवाददाता
    २७९ पटक

    काठमाडौं। कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियालाई प्रहरी हेडक्वार्टर तानिने तयारी भएको छ। गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनपछि हेडक्वार्टरले ओलियालाई कारबाहीस्वरुप काठमाडौं तान्न लागेको हो।

    सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेको सुतिरहेको तस्विर बाहिर आएपछि गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त कुँवरलाई फोटो बाहिर ल्याउनेलाई कारबाही गर्न निर्देशन दिएको कुरा बाहिर आएको थियो।

    प्रहरी प्रमुख कुँवरले नै रवि लामिछाने हिरासतमा सुतिरहेको तस्विर रविकै भएको पुष्टि गरेपछि लेखकले तस्विर बाहिर ल्याउनु गम्भीर सुरक्षा कमजोरी भएको निष्कर्षसहित कारबाहीको लागि सिफारिस गरेका थिए।

    यसअघि लामिछानेलाई बयानको लागि जिल्ला अदालत लगिने क्रममा पनि अदालत परिसरभित्रै मिडियाहरुसँग बोल्न दिएको र सो क्रममा रविले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बोलेकोमा गृहमन्त्री लेखक आक्रोशित थिए।

    त्यतिवेला पनि एसपी ओलियालाई कारबाही गर्न भनिएको थियो। अहिलेपनि रवि हिरासतमा सुतेको तस्विर खिच्न दिएर बाहिर ल्याउन दिईएकोमा गृहमन्त्री लेखक रुष्ट छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...

    स्पष्ट आधारबिना कम्युनिस्ट एकता सम्भव छैन : अध्यक्ष माधव नेपाल

    काठमाडौं, कात्तिक १२ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए...

    निर्वाचन रोक्ने आदेशले देश ठप्प हुने चेतावनी : न्यायाधीश रेग्मी

    काठमाडौं, कार्तिक १२ – प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि...

    आज २०८२ साल कार्तिक १२ गतेको राशिफल

    आज कार्तिक १२, २०८२ (अक्टोबर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...