News Portal

कास्कीका एसपी ओलियालाई हेडक्वार्टर तान्ने तयारी

हिमालीसंचार संवाददाता
३६० पटक

काठमाडौं। कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियालाई प्रहरी हेडक्वार्टर तानिने तयारी भएको छ। गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनपछि हेडक्वार्टरले ओलियालाई कारबाहीस्वरुप काठमाडौं तान्न लागेको हो।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेको सुतिरहेको तस्विर बाहिर आएपछि गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त कुँवरलाई फोटो बाहिर ल्याउनेलाई कारबाही गर्न निर्देशन दिएको कुरा बाहिर आएको थियो।

प्रहरी प्रमुख कुँवरले नै रवि लामिछाने हिरासतमा सुतिरहेको तस्विर रविकै भएको पुष्टि गरेपछि लेखकले तस्विर बाहिर ल्याउनु गम्भीर सुरक्षा कमजोरी भएको निष्कर्षसहित कारबाहीको लागि सिफारिस गरेका थिए।

यसअघि लामिछानेलाई बयानको लागि जिल्ला अदालत लगिने क्रममा पनि अदालत परिसरभित्रै मिडियाहरुसँग बोल्न दिएको र सो क्रममा रविले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बोलेकोमा गृहमन्त्री लेखक आक्रोशित थिए।

त्यतिवेला पनि एसपी ओलियालाई कारबाही गर्न भनिएको थियो। अहिलेपनि रवि हिरासतमा सुतेको तस्विर खिच्न दिएर बाहिर ल्याउन दिईएकोमा गृहमन्त्री लेखक रुष्ट छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...