आज : २०२६-०६-२६, शुक्रबार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तोलामा ७ सय रुपैयाँले घटेको हो।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।