News Portal

हिजो बढेको सुनको भाउ आज पनि बढ्यो

हिमालीसंचार संवाददाता
७६९ पटक

काठमाडौँ। सोमबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज (मंगलबार) पनि तोलाको दुईसय रुपैयाँ बढेको छ।

आइतबार प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज गरेर जम्मा ६ सय रुपैयाँ बढेको हो।

सुनको मूल्य आज प्रतितोला एक लाख ५१ हजार चारसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य एक लाख ५१ हजार दुईसय रुपैयाँ थियो।

चाँदीको मूल्य भने आज पनि स्थिर छ। चाँदी बिगत तीन दिनदेखि प्रतितोला एक हजार आठसय ४० रुपैयाँमा कारोबार हुँदै आएको छ।

गतसाता चार हजार पाँचसय रुपैयाँ बढेको सुनको भाउ गएको शुक्रबार र आइतबार गरेर चार हजार दुईसय रुपैयाँ घटेको थियो।

तीन साताअघि सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...