News Portal

ज्ञानेन्द्र शाहलाई दाङमा नागरिक अभिनन्दन, ‘राजा आउ, देश बचाउ’ नारा घन्कियो

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले स–परिवारसहित दाङको घोराही उपमहानगरपालिकाको धारापानीस्थित पाण्डेवेश्वर मन्दिरको दर्शन एवं पूजा आरधना गरेको छन्।

बाँकेको नेपालगञ्जलाइ मुकाम बनाएर पश्चिम नेपालका शक्ती पीठहरुको दर्शन गरिरेका पूर्वराजा ज्ञानेन्द्रले आज पाण्डेवेश्वरको दर्शन गरेका हुन्।

मुलुकमा पुनः राजसंस्था फर्काउनुपर्ने माग र आवाज बढ्दै गएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाइरहेका छन्।

धार्मिक, व्यक्तिगत र पारिवारिक घुमघामको लागि बेलाबखत जिल्लाहरुमा निस्किए पनि यसपटक भने एक महिने कार्यक्रमका साथ उनी नेपालगञ्ज बस्दै आएका छन्।

पश्चिम नेपालकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको विश्वकै अग्लो त्रिसुल रहेको पाण्डेवेश्वर मन्दिरको दर्शन गर्न गर्न आउने क्रममा पूर्वराजालाई नागरिकस्तरबाट भव्य स्वागत गरिएको छ।

तुलसीपुरमा बाहीनी चोकदेखि, जेसिस चोक, बिपि चोक र बिरेन्द्र चोकसम्म पुर्ब राजालाई नागरिक अभिनन्दन गरिएको छ।

बिरेन्द्र चोकमा स्वर्गीय राजा विरेन्द्र शाहको शालिकमा ज्ञानेन्द्रले माल्यार्पण गर्दा नागरिकहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारासमेत लगाएका थिए।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...