News Portal

जाजरकोटमा जीप दुर्घटनाका मृतकको परिचय खुल्यो

हिमालीसंचार संवाददाता
४२५ पटक

खलंगा। जाजरकोटमा जीप दुर्घटना हुँदा दूधे बालकसहित पाँच जनाको मृत्यु भएको छ।

बुधबार राति ११ बजे नलगाड नगरपालिका-५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जीप कैना-कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा परी नलगाड नगरपालिका-३ करुवाका ३१ वर्षीय जीप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाईतेहरुलाई ल्याएको थियो।

अस्पतालले पाँच जनालाई मृत घोषणा गरेको जिप्रका जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

दुर्घटनामा दुई जना घाइते भएका छन्। नलगाड नगरपालिका-३ का १९ बर्षीय जनक थापा र २१ वर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएका डिएसपी पाण्डेले जानकारी दिएका छन्।

जीप सडकबाट करिब ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ। जीपमा सात जना सवार थिए।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...