News Portal

मोरङमा स्राेत नखुलेकाे झण्डै साढे ४७ लाख बरामद

हिमालीसंचार संवाददाता
३०५ पटक

मोरङ। मोरङको रंगेली नगरपालिका–८ दर्वेसाको एउटा घरबाट मंगलबार दिउँसो ठूलो मात्रामा नेपाली रूपैयाँ बरामद भएको छ। ४७ लाख बढी नगद बरामद भएको हो।

ज्योतिदेवी अग्रवालको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ४७ लाख ४९ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले अग्रवालको घरमा दिउँसो ३ बजेतिर छापा हानेको थियो।

उनका अनुसार एक तले घरको दक्षिण–पश्चिमतर्फको कोठामा चाबी लगाएर राखिएको अवस्थामा टिनको बाकसभित्र रकम फेला परेको हो। व्यक्तिको घरमा ठूलो मात्रामा स्रोत नखुलेको रकम भेटिएको खड्काले बताए।

प्रहरीले १ हजार र ५ सय दरका नोट बरामद गरेर घरधनी अग्रवाललाई पनि नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...