News Portal

मोरङमा स्राेत नखुलेकाे झण्डै साढे ४७ लाख बरामद

हिमालीसंचार संवाददाता
२८० पटक

मोरङ। मोरङको रंगेली नगरपालिका–८ दर्वेसाको एउटा घरबाट मंगलबार दिउँसो ठूलो मात्रामा नेपाली रूपैयाँ बरामद भएको छ। ४७ लाख बढी नगद बरामद भएको हो।

ज्योतिदेवी अग्रवालको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ४७ लाख ४९ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले अग्रवालको घरमा दिउँसो ३ बजेतिर छापा हानेको थियो।

उनका अनुसार एक तले घरको दक्षिण–पश्चिमतर्फको कोठामा चाबी लगाएर राखिएको अवस्थामा टिनको बाकसभित्र रकम फेला परेको हो। व्यक्तिको घरमा ठूलो मात्रामा स्रोत नखुलेको रकम भेटिएको खड्काले बताए।

प्रहरीले १ हजार र ५ सय दरका नोट बरामद गरेर घरधनी अग्रवाललाई पनि नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...