News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाली कांग्रेसका ८ लाख कृयाशिल सदस्यहरुले बुझ्नुपर्ने कुरा

    कमला थापा
    ४१६ पटक
    २०८१ मंसिर २६ गते

    देशको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस फेरि आन्तरिक मतभेदमा उत्रिएको छ। कांग्रेसको संगठन कमजोर हुँदै गरेको, १३ औं महाधिवेशन देखि नेतृत्वको मनमानीमा चल्दै आएको संगठन धेरै कमजोर अबस्थामा पुगेको कुरालाई नकार्न सकिंदैन। हालको संस्थापन पक्षले स्वयम गुटको मात्र नेत्रित्व गरिरहेको छ। संगठन मजबुत बनाउन अहोरात्र खट्टिएका बरिष्ठ नेता डा. शेखर कोइराला सधै चिन्तित देखिन्छिन्। जबजब महाधिवेशन, आम चुनाव आउछ, तबतब आफ्नालाई जिताउन अस्थाई रुपमा कृयाशिल सदस्यता बितरण गर्ने, अधिवेशन सक्किएपछि ति आ-आफ्नै ठांउमा फर्कन्छन्। निर्वाचनमा पैसा बाडेर चुनाव जित्ने प्रबृत्ति बोकेका केही नेताहरु सरकार र सत्तामा पुगेर धन आर्जन गर्ने प्रबृत्तिले गर्दा बास्तवमा संगठन कमजोर भएको हो।

    स्व. गिरिजा प्रसाद कोइराला संगठनका लागि विषेश रुपमा खट्टिनु हुन्थ्यो। उहां पछि सुशिल कोइराला, अहिले आएर डा. शेखर कोइराला, गिरिजाप्रसाद कोइरालाकै शैलिमा संगठनको लागि अहोरात्र खटिएका छन्। यो सबै कार्यकर्ताहरुले देखिरहेको कुरा हो। विपीको सिद्धान्त मूल्य, मान्यतामा आधारित भयर जसरी गिरिजा बाबुले नेपाली कांग्रेसको संगठन चुस्त, दुरुस्त राख्नु भयो। त्यस्लाई निरन्तरता सुशिल कोइरालाले दिए। भन्नु पर्दा नेपाली कांग्रेसले अहिलेसम्म कोइरालाहरुले बनाइदिएको संगठनकै आडमा ब्याज खाइरहेका छन्। अहिले डा. शेखर कोइराला त्यहि आफ्नो पुर्खाको मार्गलाई जोगाउन प्रयत्नशील देखिन्छन्। संगठन मजबुत बनाउन खटिरहेका पनि छन्। तर संगठनका लागि झिंगो नमार्ने केन्द्रमा बसेर डिगों हांक्ने भ्रष्टहरुलाई उहाको काम चित्त बुझेको देखिदैन।‌

    “प्रजातन्त्रमा विश्वास गर्ने आम बुद्धिजिवी, नागरिक समाज विश्लेषकहरुको धारणा समेत धेरै सुनिन थालेको छ। जसरि राजा नहूंदा राष्ट्र, राष्ट्रियता, सनातन कमजोर भयो। राजा नभए देशै रहन्न, भन्ने प्रजातन्त्रका हिमायती विपी कोईराला बारम्बार भन्नु हुन्थ्यो। त्यस्तै कोइराला बिना नेपाली कांग्रेस र कांग्रेस बिना प्रजातन्त्र पनि रहन्न भन्नेहरुको आवाज बढ्दै गएको छ।”

    शेखर कोइरालाले बोलाएको, कोशी प्रदेश स्थानिय पालिका प्रमुखहरुको भेला भर्खरै सम्पन्न भएको छ। उक्त भेलामा १३७ पालिका मध्ये ११३ पालिका प्रमुखहरूको उपस्थिति भएको सुनियो। उक्त कार्यक्रम रोक्न र प्रमुखहरुलाइ उपस्थित नहुनका लागि केन्द्रले पत्राचारै गरेको थियो। पत्राचार गर्दागर्दै पनि सहभागी भएको देखिएमा पार्टिले कुनै पनि कार्वाही गर्न सक्ने चेतावनी समेत दिएको थियो।त्यस्का वाबजुद पनि ११३ जना प्रमुखहरुको उपस्थितिलाइ धेरै राम्रो मान्न सकिन्छ। भ्रष्टाचारको दलदलमा फस्दै गएको नेतृत्व र अप्राकृतिक गठबन्धनले पार्टीलाई पुर्यायको क्षेतिका कारण नेपाली कांग्रेसको नेतृत्व समाल्न शेखर कोइरालालाई अधिकांस जिल्लाहरुबाट कार्यकर्ताहरुको दवाव बढिरहेको थियो। शेखर कोइरालाले नेतृत्त्व लिएनन्, भने नेपाली कांग्रेस अबका दिनमा झन कमजोर हुँदै देशमा प्रजातन्त्र समाप्तितर्फ उन्मुख हुनेछ। भन्ने कार्यकर्ता लगायत प्रजातन्त्रमा विश्वास गर्ने आम बुद्धिजिवी, नागरिक समाज विश्लेषकहरुको धारणा समेत धेरै सुनिन थालेको छ। जसरि राजा नहूंदा राष्ट्र, राष्ट्रियता, सनातन कमजोर भयो। राजा नभए देशै रहन्न, भन्ने प्रजातन्त्रका हिमायती विपी कोईराला बारम्बार भन्नु हुन्थ्यो। त्यस्तै कोइराला बिना नेपाली कांग्रेस र कांग्रेस बिना प्रजातन्त्र पनि रहन्न भन्नेहरुको आवाज बढ्दै गएको छ। यो हामी भनिरहेका छैनौं। बढ्दै गएको आम धारणा, आवाजलाई प्रस्तुत गरेको मात्र हो।।

    शेखर कोइराला अहिले १५ औं महाधिवेशन तयारिको लागि मात्र नभै १३ औं महाधिवेशनपछि खास गरेर ०७४ सालको निर्वाचन पछि देखि नै संगठनका लागि जिल्ला दौडाह गरिरहेका थिए। यो कोइरालाका छोराहरुले नेपाली कांग्रेस संगठनका लागि गर्नैपर्ने कर्तब्य हो। जस्का चार पुस्ताको लगानी छ। त्यस्मा यो पार्टिका लागि लौहपुरुष गणेश मान सिंह, शन्त नेता कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर राणा जस्ता महान पुरुषहरुको रगत, पसिनाले निर्माण गरेको पार्टि हो। कोइरालाका छोराहरुले यसलाई त्यसै लथालिंग र भ्रष्टाचारीहरुको थलो बनाउन दिनु हुन्न। यो कोइराला पुत्रहरुको विषेश जिम्मेवारी हो।‌ कोइरालाका तिनैजना छोराछोरी एकजुट भएर नेपाली कांग्रेसलाई विपीकै मार्गमा पुर्याउन कर्तव्य निष्ठ भएर लाग्नुपर्ने आबस्यक छ।

    “कोइराला निवास प्रजातन्त्रको ऐतिहासिक थलो हो। बिराटनगर पुग्नेहरु एकपटक कोइराला निवास नटेकी फर्कदैनन्। कांग्रेसको लागि गर्वको कुरा हो। त्यसैले जिवनको उत्तरार्द्धमा पार्टि सिध्याउने काम देउवाले अबस्य गर्ने छैनन्, भन्ने कार्यकर्ताहरुमा विश्वास रहेको पाइन्छ। अहिले त श्रीमतीलाई जोगाउनु पर्ने भएकोले मात्र हो। भन्नेहरुको जमात पनि कम छैन।‌”

    अहिलेको अवसरवादी नेतृत्वको घेरा‌बन्दिलाइ भने उक्त कुरा पचेको छैन। त्यतिमात्र हैन अब नेपाली कांग्रेस फेरि कोइरालाहरुको हातमा कुनै हालतमा जान दिनुहुदैन भन्ने मानसिकता बोकेका एकथरी झुण्डहरू र उहांकै निकट पक्षधरहरुको घेराबन्दि नरहेको होइन। जुन कुरा डा. शशांक कोइरालाले विषेश रुपमा बुझ्न जरुरि छ। तर शेरबहादुर दाइले अहिले ज-जस्लाइ आस्वासन दिएता पनि, ललिपप बांढेता पनि कांग्रेसको भाबि नेतृत्व शेखर कोइरालालाई नै हो। उनैलाई समर्थन गर्छन्। भन्नेहरुको पनि कमी छैन। जुन कुरा हिजो कोइराला निवासमा पुगेको कारणले पनि संकेत गर्दछ। कोइराला निवास प्रजातन्त्रको ऐतिहासिक थलो हो। बिराटनगर पुग्नेहरु एकपटक कोइराला निवास नटेकी फर्कदैनन्। कांग्रेसको लागि गर्वको कुरा हो। त्यसैले जिवनको उत्तरार्द्धमा पार्टि सिध्याउने काम देउवाले अबस्य गर्ने छैनन्, भन्ने कार्यकर्ताहरुमा विश्वास रहेको पाइन्छ। अहिले त श्रीमतीलाई जोगाउनु पर्ने भएकोले मात्र हो। भन्नेहरुको जमात पनि कम छैन।‌

    जसरी आज देशमा राजसंस्था नहूंदा देश,जनता टुहुरा भएका छन्। त्यस्तै नेपाली कांग्रेस नेतृत्वमा कोइराला नहूदां कार्यकर्ताहरु अलपत्र परेका छन्। यो गहन कुरालाइ बिषेश गरेर कांग्रेसका ८ लाख कार्यकर्ताहरुले बुझन जरुरी छ। १५ औं महाधिवेशनले त्यो रिक्ततालाई अबस्य पूर्ति गर्नेछ, भन्ने बिश्वास कार्यकर्ताहरुले गरेका छन्। डा. शेखर कोइराला यसैगरी देश, जनता र कार्यकर्ताहरुको सम्रक्षणमा खरो भएर उत्रिउन यहि नै हाम्रो शुभकामना छ। पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २०, २०८१ (अप्रिल २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    चैत्र १९, काठमाडौँ – डोटी, सिराहा र कैलाली जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान...

    कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश चुडाल र पाण्डेयको इजलासमा

    काठमाडौं, चैत्र १९ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हालका कार्यकारी निर्देशक...

    पश्चिम बंगालमा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ।

    भारत, चैत्र १९ – पश्चिम बंगालस्थित दक्षिण २४ परगना जिल्लाको पाथरप्रतिमामा ग्यास सिलिण्डर विस्फोट हुँदा...

    सभामुख देवराज घिमिरेसँग आज रवि लामिछानेको भेटवार्ता

    काठमाडौं, चैत्र १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग...