News Portal

  • इजरायली राजदूतको अभिव्यक्तिले विपिनको परिवारमा जगाएको आशा

    गोकुल जोशी
    २४६ पटक

    कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीकी पदमा जोशी प्रत्येक दिन समाचार हेरिरहन्छिन्। उनका एक्ला छोरा विपिन १४ महिनादेखि प्यालिस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा छन्।

    विपिनकै बारेमा कुनै जानकारी आउँछ कि भनेर उनी समाचार पढ्न छुटाउँदिनन्। इजरायलबाट हमासको बन्धकमा परेका विपिनको अवस्थाको बारेमा १४ महिनादेखि परिवारले कुनै जानकारी पाएका थिएनन्।

    विपिन फर्किने बाटो कुरेर बसेको छ परिवार। पदमाले शुक्रबार बिहान एउटा समाचार पढिन्, विपिन गाजामा सुरक्षित छ भनेर। यो सुनेपछि आमा पदमा खुसी छिन्। र, परिवारलाई विपिन छिट्टै फर्किने आशा पलाएको छ।

    ‘खुसीसँगै आशा पलाएको छ। यो समाचार झुट नहोस्। विपिनको समाचार सुन्दा लागेको खुसी छिट्टै मेरो आँगनमा पुगोस्,’ भक्कानिँदै आमा पदमा भन्छिन्, ‘१४ महिनादेखि पीडामा छौँ। सरकारले हाम्रो पीडा सुनेर छिटो भन्दा छिटो छोरालाई हमासको बन्दीबाट छुटाएर घरसम्म पुगाओस्।’

    नेपालका लागि नवनियुक्त इजरायली राजदूत समुलिक ए. वासले बिहीबार विपिन गाजा क्षेत्रमा जिवित रहेको सूचना पाएको दाबी गरेका छन्।

    ‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ,’ राजदूत वासले काठमाडौँमा पत्रकारहरूसँगको भेटमा भने, ‘हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन्। उनी चाँडै काठमाडौँ फर्किनेछन्।’

    उनले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए। विपिनको परिवारलाई भने यसबारेमा सरकारले आधिकारिक जानकारी दिएको छैन।

    ‘सिक्दै कामाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

    हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिए। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका विपिनलाई हमासले लगेको थियो।

    युद्धविराममा हमासको बन्धकमा रहेका कतिपय विदेशी नागरिक मुक्त भएका थिए। विपिनको उद्धारका लागि परिवारले कयौँ पटक राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिलाई भेटिसकेका छन्। तर सरकारले केही गर्न सकेको छैन।

    विपिनको भाँसीस्थित परिवारमा बुवा, आमा र बहिनी बस्छन्। हमासले बन्धक बनाएर लगेपछि उनीबारे कुनै जानकारी नपाएको परिवारले विपिन सुरक्षित रहेको जानकारी पाएपछि परिवारलाई आशा पलाएको हो।

    ‘१४ महिनासम्म कुनै जानकारी नै पाएका थिएनौँ। अहिले सुरक्षित रहेको सुनेपछि निकै खुसी लागेको छ। आशा छ, अब सरकारले चाँडै घर ल्याउनेछ,’ विपिनका दाइ किशोरले भने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...