News Portal

इजरायली राजदूतको अभिव्यक्तिले विपिनको परिवारमा जगाएको आशा

गोकुल जोशी
३४८ पटक

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीकी पदमा जोशी प्रत्येक दिन समाचार हेरिरहन्छिन्। उनका एक्ला छोरा विपिन १४ महिनादेखि प्यालिस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा छन्।

विपिनकै बारेमा कुनै जानकारी आउँछ कि भनेर उनी समाचार पढ्न छुटाउँदिनन्। इजरायलबाट हमासको बन्धकमा परेका विपिनको अवस्थाको बारेमा १४ महिनादेखि परिवारले कुनै जानकारी पाएका थिएनन्।

विपिन फर्किने बाटो कुरेर बसेको छ परिवार। पदमाले शुक्रबार बिहान एउटा समाचार पढिन्, विपिन गाजामा सुरक्षित छ भनेर। यो सुनेपछि आमा पदमा खुसी छिन्। र, परिवारलाई विपिन छिट्टै फर्किने आशा पलाएको छ।

‘खुसीसँगै आशा पलाएको छ। यो समाचार झुट नहोस्। विपिनको समाचार सुन्दा लागेको खुसी छिट्टै मेरो आँगनमा पुगोस्,’ भक्कानिँदै आमा पदमा भन्छिन्, ‘१४ महिनादेखि पीडामा छौँ। सरकारले हाम्रो पीडा सुनेर छिटो भन्दा छिटो छोरालाई हमासको बन्दीबाट छुटाएर घरसम्म पुगाओस्।’

नेपालका लागि नवनियुक्त इजरायली राजदूत समुलिक ए. वासले बिहीबार विपिन गाजा क्षेत्रमा जिवित रहेको सूचना पाएको दाबी गरेका छन्।

‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ,’ राजदूत वासले काठमाडौँमा पत्रकारहरूसँगको भेटमा भने, ‘हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन्। उनी चाँडै काठमाडौँ फर्किनेछन्।’

उनले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए। विपिनको परिवारलाई भने यसबारेमा सरकारले आधिकारिक जानकारी दिएको छैन।

‘सिक्दै कामाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिए। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका विपिनलाई हमासले लगेको थियो।

युद्धविराममा हमासको बन्धकमा रहेका कतिपय विदेशी नागरिक मुक्त भएका थिए। विपिनको उद्धारका लागि परिवारले कयौँ पटक राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिलाई भेटिसकेका छन्। तर सरकारले केही गर्न सकेको छैन।

विपिनको भाँसीस्थित परिवारमा बुवा, आमा र बहिनी बस्छन्। हमासले बन्धक बनाएर लगेपछि उनीबारे कुनै जानकारी नपाएको परिवारले विपिन सुरक्षित रहेको जानकारी पाएपछि परिवारलाई आशा पलाएको हो।

‘१४ महिनासम्म कुनै जानकारी नै पाएका थिएनौँ। अहिले सुरक्षित रहेको सुनेपछि निकै खुसी लागेको छ। आशा छ, अब सरकारले चाँडै घर ल्याउनेछ,’ विपिनका दाइ किशोरले भने।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...