News Portal

कतार एयरवेजले रोक्यो भैरहवा उडान

हिमालीसंचार संवाददाता
३४५ पटक

काठमाडौं। कतार एयरवेजले भैरहवाबाट हुने उडानहरू स्थगित गरेको छ। कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको उक्त एयरलाइन्सले मंसिर १५ देखि भैरहवा उडान बन्द गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतार एयरवेजले भैरहवा विमानस्थलको उडान अनुमति मंसिर १५ सम्मका लागि मात्र लिएको थियो र त्यसलाई नवीकरण गरेको छैन।

‘कतार एयरवेजको उडान अनुमति नोभेम्बर ३० (मंसिर १५) सम्म थियो, तर त्यसपछि नवीकरण नगरिएको हो,’ भुलले भने।

हाल कतार एयरवेजले काठमाडौंबाट भने नियमित रूपमा दुई उडानहरू सञ्चालन गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...