News Portal

मनकामना मन्दिरका पुजारीमाथि जातीय विभेदको आरोप

हिमालीसंचार संवाददाता
२८० पटक

हेटौँडा। मकवानपुर जिल्लाको हेटौंडा-८ कमानेस्थित मनकामना मन्दिरमा जातीय विभेदको घटना भएको छ।

हेटौंडा-८ कमानेमा अवस्थित मनकामना मन्दिरका पुजारी मधुसूदन काफ्ले र शिव पौडेलले मन्दिरमा पूजा गर्न पुगेकी गंगा मगराती र सरस्वती रोक्कालाई मन्दिरमा पूजा गर्न रोक लगाएका छन।

घटनाको बिरोध गर्दै नेपाल दलित मुक्ती मोर्चा मकवानपुर जिल्ला समितिले एक बिज्ञप्ति जारी गर्दै हेटौंडामा भएको जातिय बिभेदको भत्सर्ना गरेको छ।

मोर्चाका जिल्ला संयोजक जमिन दियाली र जिल्ला इन्चार्ज कमला बिश्वकर्माद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ “मकवानपुर जिल्ला हेटौंडा उपमहानगर पालिका वडा न ८ का गंगा मगराती र सरस्वती रोक्कालाई मन्दिरमा पुजा गर्न जादा सोही मन्दिरका पुजारी मधुसूदन काफ्ले र शिव पौडेलले दलित भन्दै पुजा गर्न रोक लगाएको प्रती संगठनको गम्भीर आपत्ति रहेको उल्यख गर्दै घटनाको सत्यतथ्य छानवीन गर्दै दोषीलाई मुलुकी अपराध संहिता २०७४ र जातीय छुवाछुत कसुर सजाय एन २०६८ बमोजिम कडा कारबाहीको माग गर्दै धर्म स्थानमा समान अधिकार र पहुँचको सुनिश्चितताको माग गर्दछौं” बिज्ञप्तिमा भनिएको छ।

साथै मोर्चाले दलित समुदायको साथमा उभिएर घटनाको न्यायीक छानवीन र जिम्मेवार व्यक्तीलाई कानुनी दायरामा लेराउन जोडदार माग गर्दै अन्यथा चरणवद्द आन्दोलनमा उत्रीने जानकारी गराउदै सम्बन्धित पक्षको ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...