News Portal

मनकामना मन्दिरका पुजारीमाथि जातीय विभेदको आरोप

हिमालीसंचार संवाददाता
३२२ पटक

हेटौँडा। मकवानपुर जिल्लाको हेटौंडा-८ कमानेस्थित मनकामना मन्दिरमा जातीय विभेदको घटना भएको छ।

हेटौंडा-८ कमानेमा अवस्थित मनकामना मन्दिरका पुजारी मधुसूदन काफ्ले र शिव पौडेलले मन्दिरमा पूजा गर्न पुगेकी गंगा मगराती र सरस्वती रोक्कालाई मन्दिरमा पूजा गर्न रोक लगाएका छन।

घटनाको बिरोध गर्दै नेपाल दलित मुक्ती मोर्चा मकवानपुर जिल्ला समितिले एक बिज्ञप्ति जारी गर्दै हेटौंडामा भएको जातिय बिभेदको भत्सर्ना गरेको छ।

मोर्चाका जिल्ला संयोजक जमिन दियाली र जिल्ला इन्चार्ज कमला बिश्वकर्माद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ “मकवानपुर जिल्ला हेटौंडा उपमहानगर पालिका वडा न ८ का गंगा मगराती र सरस्वती रोक्कालाई मन्दिरमा पुजा गर्न जादा सोही मन्दिरका पुजारी मधुसूदन काफ्ले र शिव पौडेलले दलित भन्दै पुजा गर्न रोक लगाएको प्रती संगठनको गम्भीर आपत्ति रहेको उल्यख गर्दै घटनाको सत्यतथ्य छानवीन गर्दै दोषीलाई मुलुकी अपराध संहिता २०७४ र जातीय छुवाछुत कसुर सजाय एन २०६८ बमोजिम कडा कारबाहीको माग गर्दै धर्म स्थानमा समान अधिकार र पहुँचको सुनिश्चितताको माग गर्दछौं” बिज्ञप्तिमा भनिएको छ।

साथै मोर्चाले दलित समुदायको साथमा उभिएर घटनाको न्यायीक छानवीन र जिम्मेवार व्यक्तीलाई कानुनी दायरामा लेराउन जोडदार माग गर्दै अन्यथा चरणवद्द आन्दोलनमा उत्रीने जानकारी गराउदै सम्बन्धित पक्षको ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...