News Portal

तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

हिमालीसंचार संवाददाता
२९७ पटक

तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव मन्दिर ओझेलमा परेको छ।

सदरमुकाम दमौलीबाट कलेस्ती हुँदै १६ किलोमिटर दूरीमा अवस्थित उक्त ठाउँ प्रचारप्रसार अभावमा ओझेलमा परेको हो। यहाँ हरिबोधनी एकादशी र शिवरात्रिको बेला विशेष मेला लाग्ने गर्दछ।

स्थानीय बसुन्धरा घर्तीले यस ठाउँलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउन सरोकार भएका निकायसहित स्थानीयवासीले पहल गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘धेरै वर्ष पहिला यो मन्दिर पत्ता लागेको हो। यसको विशेष महत्व छ। यसको संरक्षण र प्रवर्द्धन गर्न सके यहाँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ। यसको प्रचारप्रसार गर्दै यहाँ पूर्वाधार निर्माणतर्फ स्थानीय तहले पनि चासो दिनुपर्छ।’

सदरमुकाम नजिकै रहेर पनि यस ठाउँको सोचे अनुरुपको विकास हुन नसकेको राजापानी सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्वकोषाध्यक्ष बलबहादुर भुजेलले बताए।

मन्दिरमा भाकल (कामना) गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास रहँदै आएको समितिका अध्यक्ष होमबहादुर गोदारले बताए। उनले भने, ‘मन्दिरको प्रचारप्रसारका लागि हामी क्रियाशील छौँ। यसको प्रवर्द्धनका लागि स्थानीय तहलाई पनि अनुरोध गरेका छौँ।’

उनका अनुसार दुःखकष्टबाट मुक्ति, लाभको कुनै कामना, मनको इच्छा पूरा गरिदेऊ, पूरा भएमा फूलको डोली लिएर दर्शन गर्न आउँछु जस्ता विभिन्न भाकलहरु गर्ने गरिन्छ।

कुनै समय गोपाल घर्ती भन्ने व्यक्तिले राति सपनामा हालको मन्दिर भएको ठाउँमा शिलाबाट दूध आएको देखि भोलिपल्ट गएर उक्त शिला देउराली भन्ने ठाउँमा लैजादै गर्दा उनी बिरामी भई सो शिला त्यही ठाउँमा छाडेर गएपछि हेर्दा शिला पुन: पहिले उठाएकै ठाउँमा भेटिएको भन्ने किंवदन्ती रहेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...