News Portal

हेटौंडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने

हिमालीसंचार संवाददाता
३१४ पटक

काठमाडाैं। हेटौंडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मत सम्भार गर्ने काम नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने भएको छ।

मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनःउत्पादन गर्न अझै डेढ महिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ।

बिग्रिएका उपकरण मर्मत तालिकाअनुसार दशैंअघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो।

हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगलाई नियमित सञ्चालन गर्ने सम्बन्धमा प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आर्थिक अवस्थाका बारेमा जानकारी गराएको बताए।

उनले उद्योगमा आइपरेको आर्थिक सङ्कट उत्पादन रोकिएको भन्दै वैकल्पिक आर्थिक स्रोत जुटाएर कच्चा पदार्थ, कोइला आपूर्ति गरी सञ्चालन गरिने बताए।

महाप्रबन्धक पाण्डेले उद्योगमा रहेका प्राविधिक जनशक्तिबाट विभिन्न उपकरणको मर्मत सम्भार गर्ने र आवश्यकताअनुसार नयाँ उपकरण जडान गरी सिमेन्टको उत्पादन गर्ने दृढता व्यक्त गरे।

उनले हाल उद्योगमा करिब आठ सय उत्पादित बोरा सिमेन्ट जगेडा रहेको भन्दै सो सिमेन्टलाई काठमाडौंसहित विभिन्न जिल्लाका डिलरमार्फत खपतको प्रयास भइरहेको जानकारी दिए।

अहिले उद्योगमा करिब नौ सय मेट्रिकटन कोइला भण्डारणमा जगेडा राखिएको जनाउँदै महाप्रबन्धक पाण्डेले बाँकी अपुग ५ हजार मेट्रिकटन कोइला खरिद गर्न उद्योग व्यवस्थापनले बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...