News Portal

गोकर्णेश्वरमा हराइरहेका भनिएका आमा र दुई छोराछोरी आफ्नै घरमा मृत भेटिए

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर-३ कुमारी गाम्छामा आमासहित दुई छोराछोरी मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार अपराह्न ३ बजे गोकर्णेश्वर-३ कुमारी गाम्छामा बस्ने ४९ वर्षका कान्छा नगरकोटीले यही महिनाको १६ गतेदेखि आफ्नी श्रीमति, एक छोरा र एक छोरी हराइरहेको भनी खोजतलासको लागि निवेदन दिएका थिए।

प्रहरी वृत बौद्वमा परेको सोही निवेदनको आधारमा खोजी गर्न खटिएको टोलीले नगरकोटीकै घरको कोठाभित्र उनकी श्रीमती ३३ वर्षीया सीता दंगाल (नगरकोटी), छोरी वर्ष १५ की अंशु मोक्तान र दुई महिनाको छोरा मृत अवस्थामा भेटाएको हो।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...