News Portal

मर्दीमा सम्पर्कविहीन तामाङको शव भेटियाे

समिर कुमार अधिकारी (द्रुपद)
४२७ पटक
२७ कार्तिक २०८१ मंगलबार

काठमाडौं। मर्दी हिमाल आरोहणका क्रममा आइतबारबाट सम्पर्कविहीन पथप्रदर्शक लालबहादुर तामाङको शव मङ्गलबार भेटिएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने मर्दी हिमाल आरोहणमा ५ सदस्यीय टोलीको नेतृत्व गर्दै जानुभएका तामाङ हिमाल आरोहणका क्रममा लडेर बेपत्ता हुनुभएको थियो।

मङ्गलबार बिहान हेलिकोप्टरबाट शव रहेको ठाउँ पत्ता लागेपछि दिउँसो शव निकाल्ने प्रयास भएको थियो। गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले तामाङको शव अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को सीमातिर देखिएको र निकाल्न नसकिएको जानकारी दिनुभयो।

“आरोहणका क्रममा बाटोबाट तल खसेको देखिएपछि हेलिकोप्टर घटनास्थलभन्दा केही पर ल्यान्ड गरी शव निकाल्ने प्रयास भयो’’, आचार्यले भन्नुभयो, “शव अप्ठ्यारो स्थानमा भएकाले निकाल्न सकिएन।” शव निकाल्न भएको शेर्पासहितको टोली होलिकोप्टरबाटै पोखरा फर्किएको छ।

बुधबार फेरि शव निकाल्ने प्रयास गरिने उहाँले बताउनुभयो। काठमाडौंको सनराइज कम्पनीमा मुख्य पथ प्रदर्शकका रुपमा कार्यरत ६२ वर्षीय तामाङ १ नर्वेली नागरिक र ४ नेपाली लिएर मर्दी आरोहणमा जानुभएको थियो।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...