News Portal

दुबई पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

हिमालीसंचार संवाददाता
३५८ पटक

काठमाडौँ। वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका- ४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ का गोकर्ण पराजुली पक्राउ परेका छन्।

अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु १९ लाख ७० हजार र पराजुलीले रु आठ लाख १७ हजार ठगेका थिए।

अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। (रासस)

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...