News Portal

  • धार्मिक पर्यटनको लागी प्रमुख गन्तव्य स्थलको रुपमा गंगाजमुना – चन्द्र थापा

    हिमालीसंचार संवाददाता
    ४६६ पटक

    धादिङ– नेपालको धार्मिक पर्यटनको लागी आन्तरिक तथा विदेशी पर्यटनको आक्रषण वनिरहेको उत्तरि धादिङमा अवस्थित गंगाजमुना मेला यहि कार्तिक २६ गते कृषि पर्यटनको पुर्वाधार,समृद्द गंगा जमुना मुल आधारलाई मुख्य एजेण्डा वनाई शुरु हुन गइरहेको छ।

    विशाल पहाडको विचमा रहेको गंगा जमुना मंदिर, मन्दिर परिसर नजिकै हरहर भनेर हात थाप्दा विशाल छहराबाट पानीको वर्षा हुनुको साथै त्यहाँ रहेका विभिन्न छहरामा नुहाउदा अशान्त मनहरु शान्त हुने धार्मिक प्रचलन छ।

    विविधता वोकेको यस धार्मिक तिर्थस्थलमा देश विदेशबाट भक्तजनहरुको वाक्लो भिड लाग्ने गरेको छ। स्थानिय निकायले उक्त मेलालाई विभिन्न समितीहरु वनाई व्यवस्थित वनाएको मेलालाई वाग्मती प्रदेशको सम्माननिय मुख्यमन्त्रीबाट समुदघाटन गरिने र उक्त कार्यक्रममा वाग्मति प्रदेश भित्रका माननियज्युहरु राजनितिक दल, स्थानिय जनप्रतिनिधीहरु, संचार माध्यम, स्थानिय तथा राष्ट्रिय कलाकारहरु,तिर्थालु-भक्तजनहरु तथा स्थानियहरुको वाक्लो उपस्थिती रहने गरि राम्रो प्रवन्ध गरिएको छ।

    कृषि र धार्मिक पर्यटनको प्रचुर संभावनाहरु रहेको गंगाजमुना गाँउपालिकामा, विगतका दिनहरुमा तिन चार दिन हिडेर पुगिने हुन्थ्यो तर पछिल्ला दिनहरुमा स्थानिय तहको सक्रिएतामा अहिले मन्दिर परिसरसम्म मोटरवाटो निर्माण भएको छ भने अन्य विभिन्न पुर्वाधारहरु रफ्तारले वनिरहेको देखिन्छ।

    त्यहाँको स्थानिय उत्पादनको खरिद विक्रि र उपभोग मेलाको अर्को आक्रषण हुने गर्छ भने मेलामा स्थानिय झाकिहरु,भजन कृतन, झाक्रीनाच, तामाङ सेलो, लामानाच मारुनी नाच, कौडा नाच, चौरि घोडा नाच, लाखे नाच तथा राष्ट्रिय एवंम स्थानिय कलाकारको वेजोड प्रस्तुति रहने हुन्छ।

    मुलककै धार्मिक पर्यटनको लागी प्रमुख आक्रषण वनिरहेको गंगाजमुनामा दिर्घकालिन रुपमा अझै धेरै कामहरु गर्न वाकी रहेको चन्द्र थापा वताउछन।

    मुलुकको पर्यटन क्षेत्र, नेपाल उधोग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स, सिएनआई, जिल्ला एवं केन्द्रका वस्तुगत संघहरु उच्च नेतृत्व तह अर्थात् लगानिकर्ताहरुको उपस्थितीमा यहाँ चिनारी गराउदा समृध्द गंगाजमुना निर्माणमा थप योगदान पुग्ने र यसका लागी स्थानिय निकायको ध्यान पुग्न जरुरी रहेको उनि वताउछन्।

    लगानीकर्तावाटै उधोग व्यावशाय हुने जसले रोजगारी वढाउने र आर्थिक समृध्दि ल्याउने हुन्छ। गंगाजमुनामा केवुल कार, व्यवशायीक कृषि खेति, तारे होटलहरु, होमस्टेको धेरै नै संभावना रहेको थापा वताउछन।

    थापा अहिले ग्यास विक्रेता महासंघका अध्यक्ष एवं नेपाल उधोग वाणिज्य महासंघ, व्यापार समिती सदस्य हुन। अघिल्लो निर्वाचनमा राज्यको कुनै सुविधा नलिकन काम गर्छु भनि नेपाली कांग्रेसको तर्फवाट उम्मेद्दारी दिएका जिल्ला नेता हुन तर समिकरणमा उनले चुनावमा होमिन पाएनन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...