News Portal

धार्मिक पर्यटनको लागी प्रमुख गन्तव्य स्थलको रुपमा गंगाजमुना – चन्द्र थापा

हिमालीसंचार संवाददाता
५७२ पटक

धादिङ– नेपालको धार्मिक पर्यटनको लागी आन्तरिक तथा विदेशी पर्यटनको आक्रषण वनिरहेको उत्तरि धादिङमा अवस्थित गंगाजमुना मेला यहि कार्तिक २६ गते कृषि पर्यटनको पुर्वाधार,समृद्द गंगा जमुना मुल आधारलाई मुख्य एजेण्डा वनाई शुरु हुन गइरहेको छ।

विशाल पहाडको विचमा रहेको गंगा जमुना मंदिर, मन्दिर परिसर नजिकै हरहर भनेर हात थाप्दा विशाल छहराबाट पानीको वर्षा हुनुको साथै त्यहाँ रहेका विभिन्न छहरामा नुहाउदा अशान्त मनहरु शान्त हुने धार्मिक प्रचलन छ।

विविधता वोकेको यस धार्मिक तिर्थस्थलमा देश विदेशबाट भक्तजनहरुको वाक्लो भिड लाग्ने गरेको छ। स्थानिय निकायले उक्त मेलालाई विभिन्न समितीहरु वनाई व्यवस्थित वनाएको मेलालाई वाग्मती प्रदेशको सम्माननिय मुख्यमन्त्रीबाट समुदघाटन गरिने र उक्त कार्यक्रममा वाग्मति प्रदेश भित्रका माननियज्युहरु राजनितिक दल, स्थानिय जनप्रतिनिधीहरु, संचार माध्यम, स्थानिय तथा राष्ट्रिय कलाकारहरु,तिर्थालु-भक्तजनहरु तथा स्थानियहरुको वाक्लो उपस्थिती रहने गरि राम्रो प्रवन्ध गरिएको छ।

कृषि र धार्मिक पर्यटनको प्रचुर संभावनाहरु रहेको गंगाजमुना गाँउपालिकामा, विगतका दिनहरुमा तिन चार दिन हिडेर पुगिने हुन्थ्यो तर पछिल्ला दिनहरुमा स्थानिय तहको सक्रिएतामा अहिले मन्दिर परिसरसम्म मोटरवाटो निर्माण भएको छ भने अन्य विभिन्न पुर्वाधारहरु रफ्तारले वनिरहेको देखिन्छ।

त्यहाँको स्थानिय उत्पादनको खरिद विक्रि र उपभोग मेलाको अर्को आक्रषण हुने गर्छ भने मेलामा स्थानिय झाकिहरु,भजन कृतन, झाक्रीनाच, तामाङ सेलो, लामानाच मारुनी नाच, कौडा नाच, चौरि घोडा नाच, लाखे नाच तथा राष्ट्रिय एवंम स्थानिय कलाकारको वेजोड प्रस्तुति रहने हुन्छ।

मुलककै धार्मिक पर्यटनको लागी प्रमुख आक्रषण वनिरहेको गंगाजमुनामा दिर्घकालिन रुपमा अझै धेरै कामहरु गर्न वाकी रहेको चन्द्र थापा वताउछन।

मुलुकको पर्यटन क्षेत्र, नेपाल उधोग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स, सिएनआई, जिल्ला एवं केन्द्रका वस्तुगत संघहरु उच्च नेतृत्व तह अर्थात् लगानिकर्ताहरुको उपस्थितीमा यहाँ चिनारी गराउदा समृध्द गंगाजमुना निर्माणमा थप योगदान पुग्ने र यसका लागी स्थानिय निकायको ध्यान पुग्न जरुरी रहेको उनि वताउछन्।

लगानीकर्तावाटै उधोग व्यावशाय हुने जसले रोजगारी वढाउने र आर्थिक समृध्दि ल्याउने हुन्छ। गंगाजमुनामा केवुल कार, व्यवशायीक कृषि खेति, तारे होटलहरु, होमस्टेको धेरै नै संभावना रहेको थापा वताउछन।

थापा अहिले ग्यास विक्रेता महासंघका अध्यक्ष एवं नेपाल उधोग वाणिज्य महासंघ, व्यापार समिती सदस्य हुन। अघिल्लो निर्वाचनमा राज्यको कुनै सुविधा नलिकन काम गर्छु भनि नेपाली कांग्रेसको तर्फवाट उम्मेद्दारी दिएका जिल्ला नेता हुन तर समिकरणमा उनले चुनावमा होमिन पाएनन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...