News Portal

पोखरामा अवतरण हुँदै चीनको सिचुवान एअरलाइन्स, को–को आउँदैछन् ?

हिमालीसंचार संवाददाता
३३६ पटक

कास्की। चीनको सिचुवान एअरलाइन्सले १७ महिनापछि आज पोखारा क्षेत्रिए अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्दैछ।

सिचुवान एअरलाइन्सको जहाज १३४ यात्रुसहित आज पोखरामा चार्टर्ड अवतरण गर्न लागेको हो।

नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित कात्तिक २४ मा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति बोकेर उक्त जहाज पोखरा आउन लागेका हुन्।

चीनको कुनमिङ विमानस्थलबाट आउने एअर बस ३१९ विमान आज दिउँसो २ बजेर ४० मिनेटमा पोखरामा अवतरण गर्नेछ। पोखरामा अवतरण गरेपछि अपराह्न ४ बजेर १० मिनेट जाँदा जहाज काठमाडौं हुँदै चीनको छेन्दु फर्किनेछ।

उक्त जहाज काठमाडौं आउँदा भने खालि नै उड्नेछ। प्रतियोगितामा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। सिचुवानले यसअघि २०८० असार ६ मा पहिलोपटक चार्टर्ड उडान गरेको थियो।

पोखरा विमानस्थल सञ्चालनमा आएको १७२ दिनमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए ३१९ विमानले उडान भरेको हो।

सो विमानमा पोखराको फेवातालमा सम्पन्न दक्षिण एसियामै पहिलोपटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन चिनियाँ टोली आएका थिए। यो नै पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय उडान हो।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरामा ४ पटक गरी अहिलेसम्म ५ चार्टर्ड र १ व्यावसायिक उडान भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...