News Portal

सर्लाहीमा पोखरीमा कार खस्दा बेपत्ता दुई जनाको शव भेटियो

समिर कुमार अधिकारी (द्रुपद)
२३३ पटक
२० कार्तिक २०८१, मंगलबार।

काठमाडौं। सर्लाहीमा पोखरीमा कार खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पोखरीबाट शव निकालेको हो।

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो।

पोखरीमा कार डुबेसँगै गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका थिए।

कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला–२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्कन सफल भएका थिए।

बेपत्ता दुवै जनाको शव पोखरीबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...