News Portal

उत्तराखण्डमा बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३५० पटक

दिल्ली। भारतको उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने मार्चुला क्षेत्रमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

रामनगर जाँदै गरेको बस मार्चुला क्षेत्रको साल्टनजिकै कोपी भन्ने ठाउँमा खसेको हो। गीतजागीर नदी किनारमा बस खस्दा कम्तीमा ३० जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।

एनडीटीभीले जिल्ला अधिकारीलाई उद्धृत गर्दै मृतकको संख्या ३६ पुगेको जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

४५ भन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ। प्रहरी र स्थानीय उद्धार कार्यमा जुटेका छन्।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार र राहत कार्य छिटो गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री धामीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् , ‘अल्मोडा जिल्लाको मार्चुलामा भएको दुर्भाग्यपूर्ण बस दुर्घटनामा परी ज्यान गुमाउनेको बारेमा दुःखद खबर प्राप्त भएको छ। राहत र उद्धार कार्य छिटो गर्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको छ।’

समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री धामीले पौरी र अल्मोडाका क्षेत्रीय यातायात अधिकारीहरू (एआरटीओ)लाई निलम्बन गर्न निर्देशन दिएका छन्।

साथै, मृतकका परिवारलाई ४ लाख र घाइतेलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...