News Portal

क्यानडामा हिन्दु मन्दिरमा हमला, हिन्दु धर्मावलम्बीलाई कुटपिट

हिमालीसंचार संवाददाता
३५३ पटक

एजेन्सी। क्यानडास्थित एक हिन्दु मन्दिरमा हमला तथा हिन्दु धर्मावलम्बीलाई कुटपिट भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार क्यानडाको टोरेन्टोस्थित ब्रहम्पटन क्षेत्रमा रहेको हिन्दु मन्दिरमा आइतबार राति हमला भएको हो।

केही मानिसले मन्दिर परिसरमा प्रवेश गरी हिन्दु धर्मावलम्बीलाई कुटपिट गरेका हुन्। यसको भिडिओसमेत सार्वजनिक भएको छ।

उक्त आक्रमण भारतमा छुट्टै राष्ट्रको माग गरिरहेको खालिस्तानी समूहले गरेको हुन सक्ने अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन्।

यसैबीच क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिन्दु मन्दिरमा भएको आक्रमणको निन्दा गर्दै यस्तो अराजकता अन्त्य गर्ने वाचा गरेका छन्।

‘ब्रहम्पटनमा हिन्दु मन्दिरमा पूजा गर्नेहरूलाई लक्ष्य गरी भएको यो हिंसा पूर्ण रूपमा अस्वीकार्य छ’, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सबै क्यानडालीले शान्तिपूर्वक आफ्नो धर्म अभ्यास गर्न पाउनुपर्छ। म यो अराजकता अन्त्य गर्नेछु।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...