News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सगरमाथा क्षेत्रमा घाइते भएका जापानिज पर्यटकको उद्धार

    हिमालीसंचार संवाददाता
    ६० पटक

    सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार भएको छ।

    सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

    प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार खुम्बु भ्रमणमा आएका शिशिडो बिहीबार दिउँसो ३ बजेको समयमा हिँड्ने क्रममा लडेर घाइते भएका थिए।

    खुम्बु क्षेत्रको भ्रमणमा आएका उनी रातको समयमा छुकुमबाट खुम्ब्युलापास गएर फर्कंदा बाटो बिर्सिएर अन्यत्र पुगेका थिए। पदमार्गबाट अन्दाजी १० मिटर तल लडेर घाइते भएका शिशिडोको प्रहरी र स्थानीयले उद्धार गरेको डीएसपी घिमिरेले बताए।

    उनले भने, “उहाँको टाउको, अनुहार, खुट्टामा सामान्य चोट लागेको छ, हामीले उद्धार गरी दिङ्बुचे क्लिनिकमा उपचार गरायौँ, अहिले स्वास्थ्य लाभ गरिरहनुभएको छ। घाइते पर्यटकको टाउको, अनुहार र खुट्टामा चोट लागेको छ।”

    दिङ्बोचे स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् उनलाई काठमाडौँ फर्कने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

    सगरमाथा क्षेत्रमा यस बेलामध्ये पर्यटक सिजन भएकाले फर्कने पर्यटकहरूको चाप धेरै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।

    चिसो बढ्दै गएकाले भित्रिनेभन्दा बाहिरिने पर्यटकको चाप बढी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन्।

    प्रतिकृया दिनुहोस्

    यू–१९ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमको लगातार तेस्रो जित

    काठमाडौं। नरेश श्रेष्ठ स्मृति वाई-वाई १९ वर्ष मुनिको पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले...

    सगरमाथा क्षेत्रमा घाइते भएका जापानिज पर्यटकको उद्धार

    सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार भएको छ। सोलुखुम्बुको...

    लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु, १४ जना घाईते

    एजेन्सी। पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको...

    कांग्रेसकै नेता खड्काले ‘नामर्द’ भनेपछि मोहन बस्नेत आक्रोशित

    काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘नामर्द’ हुने दिन आएको खण्डमा राजनीति नै...

    भारू १०० रूपैयाँका लागि १६६ रूपैयाँ तिर्छन् सीमावारीका नेपालीहरू

    महोत्तरी। तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले १०० भारतीय रूपैयाँका...