News Portal

छठ पुजाका लागि सुप्पा बनाउन व्यस्त छन् मल्लिक समुदाय

रविन्द्र बराल
३१० पटक

मोरङ। हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान छठ पर्वका नजिकिदै जाँदा चाहिने ढक्कि सुप्पा जस्ता बाँसकाे चाेयाबाट बनाउन मल्लिक समुदाय सामाग्री हरु बनाउन रंगेली नगरपालिका-७ स्थित माझी टोल, तथा मल्कालिक टाेलमा वसाेवास गर्दे आईरहेका ६०  घर परिवारहरु अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया, ढाला बनाउन ब्यस्त हुन थालेका छन।

उनिहरुले तराईमा पाईने बाँसको माध्यमबाट चोया निकालेर उक्त सामग्री बनाउने गरेका छन। बिगतका दिन हरुमा यहि पेसा बाट आफुहरु ले मनग्ये आम्दानी हुने गरेको तर अहिले बजारमाबडि मात्रामा खुल्ला सिमानाका कारण अहिले भारतीयहरुले नेपालमा आएर सस्तो मुल्यमा बिक्रीवितरण गर्दे आफूहरुको रोजिरोटि नै खोसेको दिनेश मल्लिक ले बताए।

पुर्खेउली पेशा भएको हुनाले आफुहरुले यसलाई जगेर्ना गरेको र बाँस समेत महगो हुनेर सामग्री बनाउदा समेत हात, खुट्टा कानिने समस्या हुने गरेको स्थानीय रुवि कुमारी मल्लिकले बताईन।

सामग्री हरु तयारी पारेर बिक्रीवितरणका लागि रंगेली, कर्सिया, दोहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेका छन। उनिहरुले एक दिनमा १० देखि १५ वटासम्म सुप्पा बनाउने गरेर र एउटा बाँसबाट ५ देखि ६ वटा समाग्री हुने गरेकाे उनलेे बताए।

छट पर्वका लागि सुप्पा १ सय रुपैयाँ प्रतिगोटा र  ढक्की ३ सयदेखि ३ सय ५० रुपैयाँ र ढक्ना १ रुपैयाँसम्म बिक्री गर्ने गरेको उनिहरुले बताए। अहिले बजारमा छठ पर्वमा चाहिने आवस्यक सामग्रीहरुकाे जाेहो गर्न समेत थालेका छन।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...