News Portal

  • वनमेराे राेगबाट ग्रसित छाेरालाई बचाईदिन आमाको हारगुहार

    रबिन्द्र बराल
    २८६ पटक
    कार्तिक ४, २०८१ आईतबार

    मोरङ। मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित नहरटोल नजिकै बसोबास गर्दै आएका पवनलाल तजपुरियालाई ब्रजपात परेको छ। उनको दुई छाेरी र एउटा मात्रै छाेरा रहेकोमा अहिले उनको छाेरा बिगत १ बर्षदेखि वनमेराे राेगबाट ग्रसित भएपछि उनिहरुकाे घरमा अहिले रुवावासी चलिरहेको छ।

    ३० वर्षिय अरुण कुमार ताजपुरीयालाई सुरुकाे अवस्थामा जिउमा कमजोरी हुने, आँखा धमिलो देखिने र शरिरमा रगतकाे कमि हुने समस्या रहेको र पछि काठमाडौंमा गएर राम्रो उपचार गराएपछि उनले आफुलाई बनमेराे राेग लागेकाे थाहा पाएपछि उनी छाँगाबाट झरेझै भएको उनलेे बताए।

    १ बर्षकाे अबधीमा उनले ४५ पाउ त व्लड आफुले चडाएकाे उनले बताए। एक वर्षदेखि वनमेरो रोगबाट ग्रसित भएका उनीले हालसम्म आफुले कमाएकाे रकम र घरबाट धिताेमा राखेर निकालेकाे रकम समेत गरेर ८ देखि १० लाख रुपैयाँसम्म खर्च गरिसकेकाे उनकाे आमा पुर्णकुमारी ताजपुरीयाले बताईन।

    अरुणकाे एक छाेरा र श्रीमती समेत रहेका छन। आर्थिक अभावका कारण अहिले उनको रंगेली अस्पतालमा सामान्य उपचार भइरहेको पीडितले बताएका छन्।

    विगत एक वर्ष अगाडि उनले काठमाडौँमा उपचार गराइरहेता पनि अहिले भने आर्थिक अभावका कारणले उनको उपचारमा समस्या देखिएको बुबाले बताएका छन्। दैनिकी ज्याला मजदुरी गरेर आफ्नो परिवार पालन पोषण गर्दै आइरहेका यी परिवारलाई अहिले समस्या भोग्न बाध्य रहेका छन्।

    अहिले देश बिदेशमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग समेत गर्ने आग्रह गरेका छन। रंगेली अस्पतालका डाक्टर अजय कुमार दासका अनुसार विरामी उपचारका ३० लाख रुपैयाँसम्म खर्च हुने उनलेे बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...