News Portal

शक्तिवान् संस्थालाई राजनीतिक रंग दिएर एकअर्कालाई लडाइयो

हिमालीसंचार संवाददाता
३३५ पटक

(इन्द्र बन, नेपाली मूलकी अस्ट्रेलियन नागरिक।)

काठमाण्डौं। एनआरएनए पृथक डायस्पोरिक संस्था हो। यसको पृथक् सम्पर्क छ। ८७ देशमा एनआरएन संगठित छन्। यो नेटवर्कबारे सोचौं।

यो सञ्जालको सीप, स्रोत हेरौं। अर्बौंको स्रोत छ। शुरूआतका दिनमा एनआरएन राम्रो भयो, तर राजनीतिक दलहरूको प्रभाव पर्न थालेपछि बिग्रियो।

जहाँ बसे पनि देशको माया हामीलाई हुन्छ। नेपालमा केही भए हाम्रो मुटु रुन्छ। भुइँचालो गयो, हाम्रो मुटु रोयो। बाढी गयो, हाम्रो मुटु रोयो। हामीले एनआरएनका तर्फबाट ३७ करोड रुपैयाँ भुइँचालोको वेला उठाएर पठायौं। त्यो त एउटा शुरूआत मात्रै हो।

नेपालका लागि भनेपछि जो जति वेला पनि सहयोग गर्न तयार हुन्छन्। तर यति शक्तिवान् संस्थालाई राजनीतिक रंग दिएर एकअर्कालाई लडाइयो।

एनआरएन नागरिकताबाट म खास फाइदा देख्दिनँ, खुलेर भन्नुपर्दा। बाहिर बस्ने नागरिकलाई दोहोरो नागरिकताको मतलब पनि छैन। हामीलाई केही गर्नुपर्छ भन्ने बाध्यता पनि छैन। हामी बाँचेका छौं। आफ्नो देशको माया लागेर लौ न केही गरौं भन्ने स्वतस्फूर्त भाव मात्र हो।

नेपालमा पर्यटनको सम्भावना छ भनिन्छ। तर एनआरएनको कार्ड देखाउँदा किन लेमिनेट गरेको भनेर हैरानी दिइन्छ। कार्ड त परराष्ट्र मन्त्रालयले लेमिनेशन गरेर दिएको हो। नेपाल आउँदा त ‘हामी को हो, को हो’ जस्तो अनुभुति हुन्छ, राज्यको व्यवहारले। अनि नागरिकता लिएर के गर्ने ? (हिमालखबरबाट।)

प्रतिकृया दिनुहोस्

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...