News Portal

कुवेतको सुदुरपश्चिमेली नेपाली समाजले गर्यो सरिता जैशीका परिवारलाई आर्थिक सहयोग

हिक्मत कुमार शाही
७३४ पटक

कुवेत सिटी, कुवेत। सुदुरपश्चिमेली नेपाली समाज कुवेतले अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग गरेको छ।

सरिताको केही दिन अगाडि अत्याधिक रक्तश्रावको कारणले मृत्यु भएको थियो भने सरिताका श्रीमान अपांग छन्। अछामको ढकारी गाउँपालिका- ८ मा रहेका उनका चार छोराछोरीको बिचल्ली हुने भएपछी सुदूरपश्चिम क्षेत्रका कुवेतमा रहेका सुदुरपश्चिमेली नेपाली समाजमा आवद्ध नेपालीहरुले आर्थिक सहयोग गरेका हुन।

सुदुरपश्चिमेली नेपाली समाज कुवेत यस्ता सामाजिक कार्यमा निकै सक्रिय रहेको छ। यस भन्दा अघि पनि उक्त समाजले यस क्षेत्रका बिभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ।

समाजसेवी अस्मिता कुवँरको नेतृत्वमा २२ हजार १ सय ४३ रुपैयाँ सहयोग गरिएको समाजले जानकारी दिएकाे छ। कुवँरले यस भन्दा अघि पनि मृतक जैशीका छोराछोरीको लागि भन्दै व्यक्तिगत रुपमा २ हजार ५ सय ५० रुपैयाँ सहयोग गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...