News Portal

कुवेतमा दुई नेपाली चेलिबेटीकाे हृदयघातबाट निधन

हिमालीसंचार संवाददाता
९५१ पटक

महाबुल्ला। कुवेतकाे खैतानमा नवलपुरकी पूर्णिमाया थापा मगर (राहदानी नम्बर ०७१८३०४६) सन् २०१४ देखि यहाँ घरेलु कामदारको रूपमा कार्यरत थिईन्, तर बिरामी भएर अस्पाताल जाने क्रममा ट्याक्सीमै दुःखद निधन भयो। उनी २०१७ देखि अवधैनिक रुपमा कार्यरत रहेको बुझिएको छ। उनकाे अक्टोबर ११ तारिखमा हृदयाघातका कारण निधन भएको थियो।

समाजसेवी घनश्याम थापा मगरले हिमालीसंचारलाई बताए अनुसार उनको परिवार आफूसँग सम्पर्कमा रहेको र पूर्णिमाया बिरामी भएर ट्याक्सीमा अस्पाताल जाने क्रममा ट्याक्सीमै बाटोमा निधन भएको बुझिएको छ।

त्यसरी अस्पाताल लैजाँदै गर्दा सोही ट्याक्सी चालकलाई कुवेत प्रहरीले नियन्त्रण लिई ३ दिन हिरासतमा राखेर तारिकमा छोडेको मृतकको परिवारिक श्रोतले जानकारी दिएको छ।

उनको शव नेपाल पठाउन राहदानी चाहिने भएकोले रोजगारदाताको विवरण खोजि कार्य भईरहेको कुवेतस्थित नेपाली राजदुतावासका प्रथम सचीव सुजन बिडारीले हिमालीसंचारसँगको कुराकानी बताए।

उनको शव अहिले कुबेत जाबरिया अस्पातालमा रहेकोे राजदुतावास स्रोतले बताएको छ। उनको शव नेपाल पठाउन ३ सय ८५ कुवेती दिनार लाग्ने बुझिएको छ।

त्यस्तै अर्की एक महिला तुलसा ओली (राहदानी नम्बर ०७८६८५८६)को पनि फर्वानियामा अक्टोबर १० मा हृदयाघातकै कारण निधन भएको छ। उनको नेपालको ठेगाना भने खुलिसकेको छैन्। उनको शव फर्वानियामा अस्पातलमा रहेको बुझिएको छ।

यो हप्तामै कुबेतमा दुईजना नेपाली चेलीबेटीकाे निधन भएको छ भने, दुबैजना नैं अवैधानिक रुपमा कार्यरत (इलिगल) रहेका थिए।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...