News Portal

कुवेतमा दुई नेपाली चेलिबेटीकाे हृदयघातबाट निधन

हिमालीसंचार संवाददाता
९६९ पटक

महाबुल्ला। कुवेतकाे खैतानमा नवलपुरकी पूर्णिमाया थापा मगर (राहदानी नम्बर ०७१८३०४६) सन् २०१४ देखि यहाँ घरेलु कामदारको रूपमा कार्यरत थिईन्, तर बिरामी भएर अस्पाताल जाने क्रममा ट्याक्सीमै दुःखद निधन भयो। उनी २०१७ देखि अवधैनिक रुपमा कार्यरत रहेको बुझिएको छ। उनकाे अक्टोबर ११ तारिखमा हृदयाघातका कारण निधन भएको थियो।

समाजसेवी घनश्याम थापा मगरले हिमालीसंचारलाई बताए अनुसार उनको परिवार आफूसँग सम्पर्कमा रहेको र पूर्णिमाया बिरामी भएर ट्याक्सीमा अस्पाताल जाने क्रममा ट्याक्सीमै बाटोमा निधन भएको बुझिएको छ।

त्यसरी अस्पाताल लैजाँदै गर्दा सोही ट्याक्सी चालकलाई कुवेत प्रहरीले नियन्त्रण लिई ३ दिन हिरासतमा राखेर तारिकमा छोडेको मृतकको परिवारिक श्रोतले जानकारी दिएको छ।

उनको शव नेपाल पठाउन राहदानी चाहिने भएकोले रोजगारदाताको विवरण खोजि कार्य भईरहेको कुवेतस्थित नेपाली राजदुतावासका प्रथम सचीव सुजन बिडारीले हिमालीसंचारसँगको कुराकानी बताए।

उनको शव अहिले कुबेत जाबरिया अस्पातालमा रहेकोे राजदुतावास स्रोतले बताएको छ। उनको शव नेपाल पठाउन ३ सय ८५ कुवेती दिनार लाग्ने बुझिएको छ।

त्यस्तै अर्की एक महिला तुलसा ओली (राहदानी नम्बर ०७८६८५८६)को पनि फर्वानियामा अक्टोबर १० मा हृदयाघातकै कारण निधन भएको छ। उनको नेपालको ठेगाना भने खुलिसकेको छैन्। उनको शव फर्वानियामा अस्पातलमा रहेको बुझिएको छ।

यो हप्तामै कुबेतमा दुईजना नेपाली चेलीबेटीकाे निधन भएको छ भने, दुबैजना नैं अवैधानिक रुपमा कार्यरत (इलिगल) रहेका थिए।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...