News Portal

साढे ६ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौँ। वैदेशिक रोजगारको प्रलोभन देखाएर युवाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक महिलालाई पक्राउ गरेको छ।

आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- १४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिसीले मौरिसस पठाइदिन्छु भन्दै ५ जना युवाबाट ६ लाख ५० हजार रूपैयाँ असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी रकम लिएर सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए।

सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कलंकीबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...