News Portal

स्थानीयले अवरोध गर्दा मेलम्चीको पानी काठमाडौँ आएन : खानेपानीमन्त्री

हिमालीसंचार संवाददाता
३०९ पटक

काठमाण्डौं। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन्।

मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरुको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताए।

उनले मेलम्चीका स्थानीयहरुको ४ वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए। मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको जानकारी दिए।

मुलुकमा असहज परिस्थिति रहेको भन्दै मन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे। मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिने आशा रहेको बताए।

उनले अहिले आन्दोलन गर्ने बेला नभई एक अर्कालाई सहयोग गर्ने समय रहेको बताए। उनले बाढी पहिरोले खानेपानीमा मात्रै करिव साढे ३ अर्बको क्षति पुर्याएको बताए। उनले काठमाडौं उपत्यकाका खानेपानी संरचनामँ पनि धेरै क्षति गरेको बताए।

महांकाल मैदानमा भएका मेसिनरी वस्तुहरुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको बताए। विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको बताए।

केही समयपछि क्षति भएका संरचनाहरु पुनर्निर्माण गर्ने बताए। उनले सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीमार्फत चल्ने मेसिन मर्मत गर्ने,नयाँ मसिन खरिद गरी काम गर्ने बताए।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी दशैँअघि ल्याउने तयारी गरिरहेको बताए। उनले मौसम विभागसँगको सल्लाहमा मेलम्चीको खानी खोल्ने सरकारको तयारी रहेको बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...