News Portal

दशैँ सुरु भएसँगै घर फर्किन थाले परदेशीहरू

हिमालीसंचार संवाददाता
२८५ पटक

कैलाली। दशैँ सुरु भएसँगै परदेशीहरू घर फर्किन थालेका छन्। बिहीवारदेखि दशैँ सुरु भएको हो।

दशैँ, तिहार र छठपर्व मनाउन यतिबेला नेपाल–भारत सीमा नाका भएर ठूलो संख्यामा परदेशीहरू घर फर्किंदै छन्। भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट, जोलाजिमी खकरुला हुँदै घर फर्किनेको संख्या बढ्दै गएको छ।

यी नाका भएर दैनिक एक हजारको संख्यामा परदेशीहरू घर फर्किरहेका छन्। चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सहजीकरण गर्ने सहमतिसमेत भएको छ।

यस्तो सहमति नेपाल–भारत सीमा सुरक्षाअधिकारीहरूबीच भएको हो। तर, अहिले पनि आवागमनमा सास्ती भने कायमै छ। ठाउँ–ठाउँमा हुने चेकजाँचका कारण श्रमिकले अनावश्यक झनझटको सामाना गर्नुपरिरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले विगतकोभन्दा आवागमनमा सहजता भएको भएको बताए। नाकामा बस्ने उत्तर प्रदेश प्रहरीको खासै केही भूमिका नहुने उनले बताए।

एसएसबीले पूर्णरूपमा सहजीकरण गरिरहेको उनको तर्क छ। सीमा सुरक्षा र भन्सार सुरक्षाका कारण सीमाका ठाउँठाउँमा चेक पोस्ट राखिएको छ। सशस्त्रले त्रिनगर भन्सारको सीमा प्रारम्भ भएको स्थानमा, मोहना पुलमा र पुलवारी गरी तीन ठाउँमा पोस्ट राखेको छ।

पहिलो पोस्ट सीमा सुरक्षाको लागि हो। त्यहाँ प्रतिबन्ध लगाइएका वस्तुको आयात रोक्न चेकजाँच हुन्छ। मोहना पुलमा रहेको टोलीले भन्सारकर्मीलाई सघाउने काम गर्दै आएको छ।

पुलवारीको पोस्टले भने भन्सार सुरक्षाको काम गर्छ, जहाँ भन्सार छलीका सामानको आयात रोक्ने काम हुँदै आएको छ।

हिजोमात्र गड्डाचौकी नाका भएर ३ सय ७, झुलाघाट ३५, गौरीफन्टा ३ सय ६५, पुलघाट ३०, खकरुला हेल्थ डेस्क ७६ गरेर ठुलो संख्यामा भारतका विभिन्न सहरबाट परदेशीहरू घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...