News Portal

दशैँ सुरु भएसँगै घर फर्किन थाले परदेशीहरू

हिमालीसंचार संवाददाता
३४५ पटक

कैलाली। दशैँ सुरु भएसँगै परदेशीहरू घर फर्किन थालेका छन्। बिहीवारदेखि दशैँ सुरु भएको हो।

दशैँ, तिहार र छठपर्व मनाउन यतिबेला नेपाल–भारत सीमा नाका भएर ठूलो संख्यामा परदेशीहरू घर फर्किंदै छन्। भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट, जोलाजिमी खकरुला हुँदै घर फर्किनेको संख्या बढ्दै गएको छ।

यी नाका भएर दैनिक एक हजारको संख्यामा परदेशीहरू घर फर्किरहेका छन्। चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सहजीकरण गर्ने सहमतिसमेत भएको छ।

यस्तो सहमति नेपाल–भारत सीमा सुरक्षाअधिकारीहरूबीच भएको हो। तर, अहिले पनि आवागमनमा सास्ती भने कायमै छ। ठाउँ–ठाउँमा हुने चेकजाँचका कारण श्रमिकले अनावश्यक झनझटको सामाना गर्नुपरिरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले विगतकोभन्दा आवागमनमा सहजता भएको भएको बताए। नाकामा बस्ने उत्तर प्रदेश प्रहरीको खासै केही भूमिका नहुने उनले बताए।

एसएसबीले पूर्णरूपमा सहजीकरण गरिरहेको उनको तर्क छ। सीमा सुरक्षा र भन्सार सुरक्षाका कारण सीमाका ठाउँठाउँमा चेक पोस्ट राखिएको छ। सशस्त्रले त्रिनगर भन्सारको सीमा प्रारम्भ भएको स्थानमा, मोहना पुलमा र पुलवारी गरी तीन ठाउँमा पोस्ट राखेको छ।

पहिलो पोस्ट सीमा सुरक्षाको लागि हो। त्यहाँ प्रतिबन्ध लगाइएका वस्तुको आयात रोक्न चेकजाँच हुन्छ। मोहना पुलमा रहेको टोलीले भन्सारकर्मीलाई सघाउने काम गर्दै आएको छ।

पुलवारीको पोस्टले भने भन्सार सुरक्षाको काम गर्छ, जहाँ भन्सार छलीका सामानको आयात रोक्ने काम हुँदै आएको छ।

हिजोमात्र गड्डाचौकी नाका भएर ३ सय ७, झुलाघाट ३५, गौरीफन्टा ३ सय ६५, पुलघाट ३०, खकरुला हेल्थ डेस्क ७६ गरेर ठुलो संख्यामा भारतका विभिन्न सहरबाट परदेशीहरू घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...