News Portal

गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस पहिरोमा बेपत्ता

हिमालीसंचार संवाददाता
३८१ पटक

काठमाण्डौं। गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ।

शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा आएको छैन।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बस बेपत्ता भएको पुष्टि गरे। उनले बस धादिङको खानी खोलासम्म पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।

‘त्यो दिन राति दश बजे खानीखोला पुगेर सम्पर्क भएको थियो,’ गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीले भने, ‘त्यसदेखि यता सम्पर्क हुन सकेको छैन।’

खत्रीका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक जना यात्रु र तीन जना स्टाफ गरी कुल चार जना सवार थिए। बस सम्पर्कविहीन भएको भनी खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए। हराएको बसको खोजी कार्यमा सहयोग गरिदिन प्रालिले आग्रह समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...