News Portal

नेपाल बारको बिरोधबीच सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

हिमालीसंचार संवाददाता
२३८ पटक

काठमाडौं। न्याय परिषद बैठकले सर्वोच्च अदालतका लागि दुई जना न्यायाधीश सिफारिस गरेको छ। उच्च अदालतका दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो।

केही दिनमै प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अवकाश लिएपछि पाँच न्यायाधीश पद खाली हुन्छन्। तर परिषदले भने २ जनालाई मात्रै सिफारिस गरेको छ।

नेपाल बार एशोसिएशनले न्यायाधीश सिफारिस नगर्न चेतावनी दिँदै बिरोध जारी राखेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश हुनेबेला न्यायाधीश सिफारिस भएको हो।

उनी असोज २० देखि सेवा निवृत्त हुँदैछन्। सर्वोच्च अदालतमा ६ जना न्यायाधीश खाली थिए।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...