News Portal

झण्डै २ घण्टा होल्ड भएको थाइ एयरवेजको विमान अन्ततः अवतरण गर्न सफल

हिमालीसंचार संवाददाता
४९२ पटक

काठमाडौँ। खराब मौसमका कारण झण्डै २ घण्टा आकाशमै ‘होल्ड’ गरेको थाइ एयरवेजको विमान अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सफल भएको छ।

२ बजेर २० मिनेटमा उक्त विमान अवतरण गरेको हो। अवतरण अघि उक्त विमानले ललितपुर, मकवानपुर, बाराको आकाशमा लामो समय बिताएको थियो।

एक पटक अवतरणको प्रयास गरे पनि ‘मिस एप्रोच’ भएर पाइलटले विमानलाई ‘ओभरसुट’ गरेका थिए। त्यसपछि अनुकूल मौसमको पर्खाइमा उक्त विमानले निकै समय आकाशमा गुजार्नु परेको थियो।

यसैगरी दिल्लीबाट काठमाडौँ आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि लामो समय ‘होल्ड’ भएर अवतरण गरेको छ। खराब मौसमका कारण विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

कतिपय घरेलु उडान रद्द भएका छन् भने केहीमा विलम्ब भएको विमानस्थल कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय उडान भने अधिकांश होल्ड भएका छन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...