News Portal

छात्रामाथि शिक्षकद्वारा निर्घात कुटपिट, घटना सामसुम पार्ने प्रयास

अभयकुमार राई
३०३ पटक

मोरङ। लेखाइमा गल्ती भएको जनाउँदै मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको एक निजी विद्यालयका विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ।

नगरपालिकास्थित बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षक विजय राईले नपढेको र लेख्न गल्ती गरेको जनाउँदै कक्षा ६ मा अध्ययनरत छात्रामाथि कुटपिट गरेका हुन्।

असोज ४ गते भएको कुटपिटको घटनापछि पीडित पक्षलाई दबाब दिएर मिलाइएको छ। शिक्षक राईले कुटपिट गर्दा विद्यार्थीको शरीरका विभिन्न भागमा चोट लागेको पीडित परिवार पक्षले जनाएको छ।

सुरुमा घटना सामसुम पार्न दबाव दिइएको बताएका विद्यार्थीका अभिभावकका अनसार कानूनी कार्वाहीमा अघि नबढ्न पछिल्लो समय चौतर्फी दबाव दिएर घटना सामसुम पार्ने प्रयास भएको छ।

विद्यार्थी कुटपिटको घटनासँगै अभिभावक इलाका प्रहरी कार्यालय बेलबारी उजुरी दिन पुगेका थिए। तर गाउँका ब्यक्तिले उजुरी नगर्न दबाव दिएपछि घटना प्रहरी कार्यालयको गेट बाहिर नै सीमित छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले घटनाबारे जानकार भएपनि कारबाही अघि बढाउन नसकेको बताए। घटनापछि पीडित पक्षले पीडक पक्षसंग सहमति गरी जाहेरी नदिएपछि कारबाही प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए।

अर्को तर्फ, शिक्षक राईको कुटाइबाट पीडिट विद्यार्थी तर्सिने, निद्रामा डराउने र विद्यालय जान समेत नमानेको अभिभावकको भनाइ छ।

अमानवीय रुपमा कुटपिट भएको जनाउँदै विद्यार्थीका बुवाले भने, हामीले थाहा पाउँदा कुटपिट भएपछि छोरी एक्लै शौचालयसमेत जान नसक्ने भएकी रहिछन्। साथीहरूले डोराएर लगेका रहेछन्।

चोटका कारण अहिले पनि छोरी राम्ररी हिँडडुल गर्न सकिरहेकी छैनन्। घटना पछि विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद दाहालले घटना सामान्य भएको उल्लेख गरे।

उनले भने, कुटपिट गरेको विषयमा विद्यार्थीको अभिभावकसँग कुरा भइसक्यो। शिक्षकले अबबाट त्यस्तो व्यवहार नगर्ने सहमतिसमेत बनेको छ। दुवैले हातेमालो गरी अघि बढ्न राम्रो हुने सुझाव छ। कुरा सामान्य भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...