News Portal

छात्रामाथि शिक्षकद्वारा निर्घात कुटपिट, घटना सामसुम पार्ने प्रयास

अभयकुमार राई
३४८ पटक

मोरङ। लेखाइमा गल्ती भएको जनाउँदै मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको एक निजी विद्यालयका विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ।

नगरपालिकास्थित बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षक विजय राईले नपढेको र लेख्न गल्ती गरेको जनाउँदै कक्षा ६ मा अध्ययनरत छात्रामाथि कुटपिट गरेका हुन्।

असोज ४ गते भएको कुटपिटको घटनापछि पीडित पक्षलाई दबाब दिएर मिलाइएको छ। शिक्षक राईले कुटपिट गर्दा विद्यार्थीको शरीरका विभिन्न भागमा चोट लागेको पीडित परिवार पक्षले जनाएको छ।

सुरुमा घटना सामसुम पार्न दबाव दिइएको बताएका विद्यार्थीका अभिभावकका अनसार कानूनी कार्वाहीमा अघि नबढ्न पछिल्लो समय चौतर्फी दबाव दिएर घटना सामसुम पार्ने प्रयास भएको छ।

विद्यार्थी कुटपिटको घटनासँगै अभिभावक इलाका प्रहरी कार्यालय बेलबारी उजुरी दिन पुगेका थिए। तर गाउँका ब्यक्तिले उजुरी नगर्न दबाव दिएपछि घटना प्रहरी कार्यालयको गेट बाहिर नै सीमित छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले घटनाबारे जानकार भएपनि कारबाही अघि बढाउन नसकेको बताए। घटनापछि पीडित पक्षले पीडक पक्षसंग सहमति गरी जाहेरी नदिएपछि कारबाही प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए।

अर्को तर्फ, शिक्षक राईको कुटाइबाट पीडिट विद्यार्थी तर्सिने, निद्रामा डराउने र विद्यालय जान समेत नमानेको अभिभावकको भनाइ छ।

अमानवीय रुपमा कुटपिट भएको जनाउँदै विद्यार्थीका बुवाले भने, हामीले थाहा पाउँदा कुटपिट भएपछि छोरी एक्लै शौचालयसमेत जान नसक्ने भएकी रहिछन्। साथीहरूले डोराएर लगेका रहेछन्।

चोटका कारण अहिले पनि छोरी राम्ररी हिँडडुल गर्न सकिरहेकी छैनन्। घटना पछि विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद दाहालले घटना सामान्य भएको उल्लेख गरे।

उनले भने, कुटपिट गरेको विषयमा विद्यार्थीको अभिभावकसँग कुरा भइसक्यो। शिक्षकले अबबाट त्यस्तो व्यवहार नगर्ने सहमतिसमेत बनेको छ। दुवैले हातेमालो गरी अघि बढ्न राम्रो हुने सुझाव छ। कुरा सामान्य भएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...