News Portal

संखुवासभामा सौतेनी आमाले खुकुरी प्रहार गरेर सिकिस्त बनाइन् १२ वर्षीयालाई

हिमालीसंचार संवाददाता
२४४ पटक

संखुवासभा। संखुवासभा खाँदबारी नगरपालिका–५ माल्टामा सौतेनी आमाले खुकुरी प्रहार गरी एकजना बालिकालाई सिकिस्त घाइते बनाएकी छन्।

आज (आइतवार) विहान सौतेनी आमाको खुकुरी प्रहारीबाट खाँदबारी–५ माल्टाकी १२ वर्षीया निशा राई सिकिस्त भएकी छन्।

सौतेनी आमाको खुकुरी प्रहारबाट निशा सिकिस्त घाइते भएको जिलला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

खुकुरी प्रहारबाट १२ वर्षीया निशाको टाउको र देब्रे खुट्टामा चोट लागेको उनका बुवा जुद्ध राईले बताए।

प्रहरी निरीक्षक लामिछानेका अनुसार सिकिस्त निशाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

उनको टाउकोमा गहिरो चोट लागेको छ भने देब्रे खुट्टामा ७ टाँचा लगाइएको छ। खुकुरी प्रहार गरेको आरोपमा ३५ वर्षीया सौतेनी आमा पकेटी राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...