भक्तपुर। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आइतबार उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो। उनी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो।
त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो जिल्ला अदालत काठमाडौं गएको थियो।