News Portal

दशैं टीकाको शुभ साइत

हिमालीसंचार संवाददाता
५४१ पटक

काठमाडौं। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले आज जारी गरेको सूचना अनुसार असोज २६ बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ।

देवी विसर्जन गरिसकेपछि टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको छ।

यस्तै, असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको सूचनामा उल्लेख छ। असोज १८ गते बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर फेर्ने साइत छ।

असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ। फूलपाती भित्राउने शुभ साइत बिहान ७ बजेर ११ मिनेटमा छ।

असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ। असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...