News Portal

ईपीएसको उत्पादनमुलक तर्फको सीप परीक्षणमा ८ हजार जना पास

हिमालीसंचार संवाददाता
२६९ पटक

काठमाडौँ। वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ।

यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको भएको समझदारीअनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत प्रयोगात्मक परीक्षापछि कोरिया नेपाली कामदार पाउने गरी नतिजा सार्वजनिक भएको हो।

गत १८ देखि २४ भदौसम्म भएका सीप परीक्षणमा मा ८९३२ जना सहभागी भएका थिए। जसमा ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ।

कोरियाको मानव संशासन विभागले ३ असोजमा यो नतिजा दिएपछि आज ४ असोजमा परीक्षाफल प्रकाशन भएको हो।

अब कोरिया जानेहरूको रोस्टर तयार गर्नुअघि सबैको मेडिकल टेस्ट हुनेछ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...