News Portal

नेपाली श्रमिकका लागि खुम्चिँदै अवसर

आभास बुढाथोकी
३४८ पटक

काठमाण्डौ। श्रम गन्तव्य मुलुकमा भने नेपाली श्रमिकका लागि अवसर पनि खुम्चिँदै गएको देखिन्छ। वैदेशिक रोजगारसम्बन्धी जानकारहरु विगतमा जस्तो नेपाली श्रमिकका लागि अवसर नभएको बताउँछन्।

वैदेशिक रोजगार व्यवसायीहरु कोभिड संक्रमणपछि निम्तिएको आर्थिक संकट र आप्रवासी श्रमिक ल्याउन कडाइ गरेकाले पनि नेपाल श्रमिकको लैजान कम गरेको बताउँछन्।

उनीहरु भन्छन्, ‘कोभिड पछि निम्तिको आर्थिक संकटले त्यहाँका उद्योग, कलाकारखाना र व्यवसाय धरासाय भएकाले पनि अवसहरु हिजो जस्तो छैन।’

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार खाडी र मलेसियामा श्रमिकका लागि आउने माग कम हुँदै गएको बताउँछन्। ‘पहिले जुन संख्यामा श्रमिकको माग आउँथ्यो, अहिले त्यो छैन। वर्षैपिच्छे यो डिमाण्ड घटिरहेको छ’, उनी भन्छन्।

श्रम गन्तव्य मुलुकले आन्तरिक रोजगारी सिर्जना जोड दिनेगरी नीति ल्याउँदा पनि विदेशी श्रमिक लैजान कम गरेको उनी सुनाउँछन्। त्यसको प्रत्यक्ष प्रभाव नेपाली श्रम बजारमा परिरहेको छ।

त्यस्तै नेपालबाट श्रमिक पठाउँदा हुने ढिलाइले पनि नेपाली श्रम बजार अन्यत्र खोसिँदै गएको उनी सुनाउँछन्।

‘श्रमिक पठाउँदा चाहिने मागपत्र प्रमाणीकारणमा हुने ढिलाइ र डकुमेन्टेसनजस्ता प्रक्रियाहरु झन्झटिलो छन्’, उनले भने, ‘यही कारण पनि रोजगारदाताहरु नेपालबाट श्रमिकहरु लैजान अनिच्छुक देखिन्छन्।’ यसको लाभ अन्य मुलुकले लिइरहेको उनले बताए।

नेपालको प्रमुख श्रम गन्तव्य मलेसियाले गत मार्चदेखि नै आप्रवासी श्रमिक लैजान कटौती गरेको थियो। आप्रवासी श्रमिक लैजान कडाइ गरेपछि यसको प्रभाव नेपालमा पनि परेको छ।

गत मार्चदेखि मलेसियाले आप्रवासी श्रमिक लैजान कडाइ गरेको थियो। मलेसियाले १५ प्रतिशत मात्रै आप्रवासी श्रमिक राख्ने नीति लिएको छ। जसको प्रभाव नेपालमा पनि देखिएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...