News Portal

एनआरएन विवाद: शर्मा पक्षको रिट न्यायाधीश ढकालको इजलासमा पेसी

हिमालीसंचार संवाददाता
२९६ पटक

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घको आधिकारिकता विवादमा राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ।

शर्मा पक्षले आफूहरू आधिकारिक भएको दाबी गर्दै भदौ २६ गते रिट दर्ता गराएका थिए। उक्त रिट यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी परेको थियो।

उनले हेर्न नमिल्ने भएपछि स्थगित भएर आइतबार पुन: पेसी तोकिएको हो। एनआरएनको विवादमा सर्वोच्चले यसअघि दुई फैसला सुनाएको थियो।

ती फैसलापछि अन्योल भएको भन्दै शर्मा पक्षले तेस्रो मुद्दा दायर गरेका हुन्। यसअघि सर्वोच्चले बद्री केसी समुहलाई काम गर्ने बाटो खोलेको थियो।

उक्त फैसलाको विरुद्ध शर्मा पक्षले सर्वोच्चमा रिट दायर गरेको हो। आज सुनुवाइ भएमा सर्वोच्चले दुवै पक्षले छलफलमा बोलाउने देखिन्छ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...