News Portal

अन्नपूर्ण पदयात्रामा गएका विदेशी पर्यटक ३ सातादेखि बेपत्ता

हिमालीसंचार संवाददाता
२७३ पटक

कास्की। अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखे ढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीय मोलास जुन्का मेसीको अवस्था अझै पत्ता लाग्न नसकेको हो।

उनीसँगै सम्पर्कविहीन भएका ३७ वर्षीय इरिकका शव दुई दिनपछि स्थानीय भुरुङदी खोलामा फेला परे पनि मोलासको अवस्था अझैसम्म यकिन हुन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) विरेठाँटी चेकपोस्टका इन्चार्ज यामबहादुर गुरुङले बताए।

घटनापछि सशस्त्र प्रहरीको गोताखोरको टोलीले विरेठाँटीदेखि घटनास्थल मौजा खोलासम्मको पाँच किमी क्षेत्रमा खोजी गरेको थियो।

“पर्यटक हराएको दिनदेखि नै हामीले नदी किनार तथा अन्य आशङ्का गरिएको स्थानमा खोजी जारी राखेका छौँ तर केही जानकारी हुन सकेको छैन”, गुरुङले भने।

एक्यापको विरेठाँटी चेकपोष्टमा घोरेपानी जाने भनेर पर्यटकले विवरण दर्ता गरेकाले पर्यटक हराएको जानकारी त्यस क्षेत्रका होटलव्यवसायी, स्थानीय पालिका, जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीलाई जानकारी गराइए पनि फेला नपरेको गुरुङले बताए।

बाटोमा बेवारिस अवस्थामा दुई वटा झोला फेला परेपछि पर्यटक हराएको पुष्टि भएको थियो।

पदयात्रा मार्गमा पर्ने भुरुङदी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक चिप्लिएर खोलामा खसेको अनुमानसहित खोजी गरिएकामा झरना नजिक आल्मुनियमका दुई वटा स्टिक (लौरी) भेटिएको थियो।

पदयात्रामा जाँदा पथप्रदर्शक (गाइड) नलिइकन जाँदा पर्यटक हराउने गरेको पर्यटन व्यवसायीको भनाइ छ। ट्रेकिङ एजेन्ट्स एसोसिएसन नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गाइडविना गएका पर्यटक पदयात्रामा हराउने, दुर्घटनामा पर्ने तथा दुःख पाउने गरेको बताए।

“नेपाली सहयोगी वा गाइडविना विदेशी पर्यटक पदयात्रामा जान नपाउने नियम छ। तर सो नियमको पालना नहुँदा समस्या पर्ने गरेको छ,” आचार्यले भने। पदयात्रामा हराएका स्पेनिस पर्यटकले नेपाली सहयोगी लगेका थिएनन्।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...