News Portal

झापा छुरा प्रहार काण्डः प्रेमीद्वारा प्रेमिकाको हत्या

उमाकान्त खनाल
४०७ पटक

झापा। झापाको बिर्तामोड र अर्जुनधाराको सीमाना महानन्द चोकमा भएको छुरी प्रहार काण्डमा मृत्यु युवतीको पहिचान खुलेको छ।

झापाको अर्जुनधारा–६ महानन्द चोकमा इलाम सूर्योदयकी मनीषा लोहारलाई छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्या गर्ने कैलाली गौरीगंगा नगरपालिका-३ का अनिल बिक रहेको प्रहरीको भनाइ छ।

घटनाका अभियुक्त बिकको अपस्था पनि गम्भीर रहेको छ। उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ।

कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर–३ बस्ने बर्ष–२० को अनिल बिकले शुक्रबार साँझ ६स्४० बजे लोहारमाथि छुरा प्रहार गरेका थिए। छुरा प्रहार गर्ने क्रममा प्रतिकार गर्दा बिक घाइते भएको प्रहरीले जनाएको छ।

उनलाई उपचारको लागि कन्काई, बिर्ता सिटी, बिएण्डसी अस्पताल हुँदै मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए।

उनको टाउकोमा चोट लागेको बताइएको छ। यता छुरा प्रहारबाट गम्भीर घाइते भएकी मनिषाको उपचारको क्रममा साँझ ७ बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको र उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ।

मनिषा बिर्तामोड–५ स्थित पाथिभरा टोलमा बस्दै आएकी र उनीहरू प्रेमीप्रेमिका भएको बुझिएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बिष्टले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...