News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सरकारको न्यूनतम साझा कार्यक्रम

    कमला थापा
    २०० पटक

    नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला पार्टिको गठबन्धन सरकार बनेको पनि करिब दुई महिना बढी भयो। तर गठबन्धन सरकारको साझा न्यूनतम् कार्यक्रमको तयारी दुई दिन अगाडी दुई नेताबिच बालुवाटारमा बैठक बस्यो। तर कार्यक्रम कस्तो बन्यो ? बनाईयो ! त्यो आएको छैन। त्यस्को लागि अझै कति महिना पर्खनुपर्ने हो ? प्रधानमन्त्री केपि शर्मा ओलिको अमेरिका भ्रमण हुदैछ। परराष्ट्र मन्त्रीको टोली प्रस्थान भैसकेको देखिन्छ। भारत भ्रमण पछिको अमेरिका भ्रमणले दिने सुझावका आधारमा बनाउने साझा कार्यक्रमको मस्यौदा सायद बिदेश मन्त्री र प्रधानमन्त्रीले उतै तयार गरेर ल्याउने सम्भावनालाई नकार्न सकिंदैन।

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भनाईलाई अनुसरण गर्ने हो भने देशको सांचो अन्तै छ! यो गठबन सरकारको ताल्चा न त भारतिय, न चाईनिज नै हो। यो सायद अमेरिकन ताल्चा भएकोले साचो पनि उतै होला ! त्यसैले ओली सरकारलाई भारतले निम्ता दिएको देखिएन। साचो लिन प्रधानमन्त्रीको पहिलो भ्रमण अमेरिका हुने तय भएको हुनुपर्दछ।

    “यो गठबन्धनको सरकारलाई देश, जनताप्रतिको कुनै जिम्मेवारी छैन। तर काम नपाएका प्रधानमन्त्री काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन शाहसंग निउ खोज्न पुगेका छन्। सर्वोच्च अदालतको निर्णयको समेत उलंघन गर्न पछि पर्दैनन्। ०२१/२२ सालको नक्साले देखाएको खोलाको सिमाना अनुसार काम गर्दा जनताको अहिलेको घनाबस्तीलाई अबस्य मर्का पर्छ।”

    यस्पालीको बर्षादले मच्चाएको बितण्डा, ओली सरकार बनेको भोलिपल्टै त्रिशुली नदिमा खसेका दुई ठूला बसका यात्रुहरुको लास अहिलेसम्म भेटिएनन्। त्यस्तै जहाज दुर्घटना, त्यति धेरै प्राविधिकहरुको मृत्यु, त्यस्तै हेलिकोप्टर दुर्घटनाबाट बिदेशी समेतको ज्यान गयो। त्यो कुलक्क्षेणको संकेत थियो। सडकमार्गहरु कहिं कतै हिड्ने अबस्थामा छैनन्। जहाँ सर्वसाधारण जनताको दैनिकी चल्छ। पृथ्वी राजमार्गदेखी पूर्व-पश्चिम राजमार्गको हालत बर्णनन् गरिसक्नु छैन। नारायणघाटदेखी पश्चिमी मार्गको हालत जस्ताको तस्तै छ। भने कोदारी राजमार्ग धुलिखेलदेखी खावा सडक दुई वर्षदेखी त्यहि हालतमा छ। यात्रा गर्ने अबस्था छैन।

    ठूला नेतादेखी साना मन्त्री, सांसदहरु हवाई मार्ग प्रयोग गर्ने भएकोले सडक मार्गको आबस्यकता नठानिएको हुन सक्छ। भर्खरै मात्र प्रधानमन्त्री केपि शर्मा ओलि ३० किमीको दुरीमा भएको काठमाण्डौ विश्वविद्यालय धुलिखेल सवारी हुदा हेलिकप्टरमा सवारी भएको थियो। त्यसैले सडक मार्गको अवस्थाले यो देशका शासकहरुलाई कहिले छुदैन। अब दशैं आउदै छ। जनताले कति दुर्गती सास्तीको सामना गर्नुपर्ने हो, कहालीलाग्दो अवस्था देशको छ।

    यो गठबन्धनको सरकारलाई देश, जनताप्रतिको कुनै जिम्मेवारी छैन। तर काम नपाएका प्रधानमन्त्री काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन शाहसंग निउ खोज्न पुगेका छन्। सर्वोच्च अदालतको निर्णयको समेत उलंघन गर्न पछि पर्दैनन्। ०२१/२२ सालको नक्साले देखाएको खोलाको सिमाना अनुसार काम गर्दा जनताको अहिलेको घनाबस्तीलाई अबस्य मर्का पर्छ। त्यस्को क्षेतिपुर्तिको ब्यबस्थाको सवाल पनि ठुलै हुन्छ। त्यस्को लागि स्थानिय सरकार र राज्य सरकारको सहकार्यबाट सुल्झाउने भन्दा राज्य सरकार का.मा.न.पा.संग सामाजिक संजालमा जुहारी खेल्दै छ। ओली सरकार आउने बित्तिकैको पहिलो निर्णय भनेको ठूला उद्योग पतिहरुले बर्षौदेखी अर्बौंको विधुत महसुल नतिरेर देशलाई आर्थिक रुपमा पुर्याएको क्षेति कुलमान घिसिङले विधुतको लाईन काटन लगाएको विधुत लाईन, तुरुन्त जोडिदिने निर्णय गरे, जोडन लगाए। किनभने उनी तिनैका पाटनर थिए। त्यो उनको प्रमुख दायित्व थियो। अहिले कुलमान घिसिङलाई पदबाट हटाउन आफ्नो शक्ति प्रयोग गरिरहेका छन्। तर सफलता हासिल भएको छैन र हुने संभावना पनि छैन।

    ठूला घराना सिमित मारवाडी ब्यापारिका पाटनर भएको यो गठबन्धन सरकारले अरु काम देख्दैन। देश, जनता, सर्वसाधारण जनताको यो सरकारै हैन भन्ने प्रमाणित भएको छ। यो गठबन्धनको प्रमुख उद्देश्य भनेकै भ्रष्टाचार, गिरिबन्धु, नक्कली भूटानी शरणार्थी, ओमनी, ललिता निवास, यति, बालमन्दिर, लैनचौर स्काउटको जग्गा प्रकरण लगायतका हजारौं काण्डका फाईल बन्द गराउनु र बिचौलिया तस्कर जोगाउनु थियो। त्यो सबै पुरा भैसक्यो त्यस्ता आरोपितहरु सबै पुरस्कृत हुदै मन्त्री भैसकेका छन्। भागबण्डामा परेका त्यस्ता ब्यक्तिहरुबाट सिफारिश कर्ता नेताहरुलाई शुभ लाभ पनि राम्रै भयको छ। यसरी जनता, कार्यकर्ता मारेर खान पल्केकाहरु पार्टिले तिर्नुपर्ने ब्यक्ति उपर अझै उदासिन छ। तर त्यो पच्नेवाला छैन। छिटो नतिरे अझै ठूलो क्षति ब्यहोर्न तयार हुन नपर्ला भन्ने छैन। त्यसैले न्यूनतम साझा कार्यक्रमको त एउटा बहाना मात्र हो।‌ सायद त्यो आउनु अगाडी नै यीनिहरुको मिति सक्किएन भने !

    संसदको जात्रा हेरिसक्नु छैन। गणतन्त्र आएपछिका दिनदेखी सक्किएको मानवियता र नैतिकक्ता चरम सिमामा पुगेको छ। ठूला पार्टिहरुले गुमाएको नैतिकक्ता साना पार्टिहरुले किन सिक्छन् ? हावा र हुरिका भरमा आएका पार्टिका सांसदहरुलाई के थाहा संसदको मर्यादा, पदिय दायित्व, जिम्मेवारी यदि त्यस्तो नहुदो हो त उप-सभामुखले आफ्नो पदीय मर्यादालाई दुरुपयोग गर्नु हुदैन थियो। यो कुटनितिक मर्यादाको ठूलो उलंघन हो। यसैलाई लिएर संसदमा महा-अभियोगको कुरा उठेको छ। दुई ठूला पार्टिसंग सिंगौरी खेल्न सजीलो छैन। गल्ति सच्याउदै नैतिकक्ताको आधारमा राजिनामा दिनुमै कल्याण होला अन्यथा उसैपनि संकटमा फसेको रास्वपा भविष्यमा समाप्तिको मार्गतर्फ उन्मुख नहोला भन्न‌ सकिन्न। यो गणतान्त्रिक ब्यबस्था अपराधको बहि खाता हो। यो राजनितिक ब्यबस्था हैन। जहाँ राजनितिभित्र अपराध र अपराध भित्र राजनिति मुछिएको छ। त्यसलाई राजनितिको जामा पहिराउनु भनेको राजनितिकै बेईजत गर्नु हो। त्यसैले यो गणतन्त्र अबसांनको संघारमा पुगिसकेको छ। पशुपतिनाथले देश र जनताको कल्याण गरुन। जय नेपाल।

    प्रतिकृया दिनुहोस्

    सानिमा बैंकले धादिङका दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने

    धादिङ –  सानिमा बैंक मलेखु शाखाले धादिङका दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ...

    इजरायल सरकारसँग जी.टु.जी सम्झौता

    काठमाडाैँ। पछिल्लो समय नेपाल सरकारले इजरायल सरकारसँग जी टु जी सम्झौता गरी ३ हजार ५००...

    कार्यक्रम बिथोल्न म बिरुद्ध पक्राउ पूर्जी : दुर्गा प्रसाईँ

    काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले लालबन्दी सर्लाहीमा आफूले बिहीबारका लागि तय गरेकाे र्‍याली बिथोल्न सरकारले...

    ढाकाबाट हङकङ आउँदै गरेको क्याथेको जहाजमा एक यात्रुको मृत्यु

    हङकङ। ढाकाबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको विमानमा एक यात्रुको मृत्यु भएको छ। बुधबार...

    प्रचण्डले हात दिए बाबुरामले मिलाएनन्

    काठमाडौँ। २०५२ सालमा ‘जनयुद्ध’ सँगै हाँकेका दुई नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई...