News Portal

परराष्ट्र सचिवलाई बेल्जियमको राजदूत सिफारिस गरेको निर्णय २६ दिनपछि सार्वजनिक

हिमालीसंचार संवाददाता
२९९ पटक

काठमाडौं। परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको निर्णय सरकारले २६ दिनपछि औपचारिकरूपमा सार्वजनिक गरेको छ।

गत साउन ३१ गतेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। तर, औपचारिकरूपमा यो निर्णय सार्वजनिक गरिएको थिएन।

“बेल्जियम (युरोपियन युनियनसहित)का लागि आवासीय नेपाली राजदूत पदमा, नेदरल्यान्ड्स र लम्जेम्बर्गका लागि गैरआवासीय राजदूतको पदमा र रासायनिक हतियार निषेधका लागि संगठन (ओपीसीडब्लू)का लागि नेपालको प्रतिनिधिको पदमा एक अवधि (चार वर्ष) का लागि परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई नियुक्तिका लागि सिफारिस गर्ने,” मन्त्रिपरिषद्को साउन ३१ को निर्णयमा भनिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजदूतमा सिफारिस लम्सालको नाम संसदीय सुनुवाइनका लागि अघि बढाउन भन्दै परराष्ट्र मन्त्रालयमा पत्र पठाइसकेको छ।

२०८० मंसिर २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...