News Portal

परराष्ट्र सचिवलाई बेल्जियमको राजदूत सिफारिस गरेको निर्णय २६ दिनपछि सार्वजनिक

हिमालीसंचार संवाददाता
३४८ पटक

काठमाडौं। परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको निर्णय सरकारले २६ दिनपछि औपचारिकरूपमा सार्वजनिक गरेको छ।

गत साउन ३१ गतेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। तर, औपचारिकरूपमा यो निर्णय सार्वजनिक गरिएको थिएन।

“बेल्जियम (युरोपियन युनियनसहित)का लागि आवासीय नेपाली राजदूत पदमा, नेदरल्यान्ड्स र लम्जेम्बर्गका लागि गैरआवासीय राजदूतको पदमा र रासायनिक हतियार निषेधका लागि संगठन (ओपीसीडब्लू)का लागि नेपालको प्रतिनिधिको पदमा एक अवधि (चार वर्ष) का लागि परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई नियुक्तिका लागि सिफारिस गर्ने,” मन्त्रिपरिषद्को साउन ३१ को निर्णयमा भनिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजदूतमा सिफारिस लम्सालको नाम संसदीय सुनुवाइनका लागि अघि बढाउन भन्दै परराष्ट्र मन्त्रालयमा पत्र पठाइसकेको छ।

२०८० मंसिर २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...