News Portal

दुबईबाट काठमाडौं आएका २ महिलालाई पछ्याएर लुटपाट

हिमालीसंचार संवाददाता
३६८ पटक

काठमाडौं। दुबईबाट काठमाडौं ओर्लिएका दुई महिलालाई पछ्याउँदै लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोशीका २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेल र बाजुराको त्रिवेणीका ३२ वर्षीय डम्मलाल पाध्याय रहेका छन्।

एक जना फरार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजि आचार्यले जानकारी दिए।

प्रहरीका अनुसार साउन २९ गते दिउँसो उक्त गिरोहले २ थान आईफोन-१५, सामसुङ कम्पनीको दुई सेट मोबाइल, एप्पल कम्पनीको एक थान ल्यापटप र २ तोला दरको दुईवटा सिक्री लुटेको थियो।

घटनाका अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार उक्त गिरोहले आफुलाई प्रहरी बताउँदै नियमविपरित ल्याइएको सामान भन्दै लुटेका थिए।

घटनाको केही समयपछि मात्र पिडितले प्रहरीमा उजुरी गरेका थिए। प्रहरीले घटनामा प्रयोग भएको २ सय २० र २ सय सिसिको पल्सर मोटरसाइकल पनि बरामद भएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...