News Portal

दुबईबाट काठमाडौं आएका २ महिलालाई पछ्याएर लुटपाट

हिमालीसंचार संवाददाता
२९२ पटक

काठमाडौं। दुबईबाट काठमाडौं ओर्लिएका दुई महिलालाई पछ्याउँदै लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोशीका २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेल र बाजुराको त्रिवेणीका ३२ वर्षीय डम्मलाल पाध्याय रहेका छन्।

एक जना फरार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजि आचार्यले जानकारी दिए।

प्रहरीका अनुसार साउन २९ गते दिउँसो उक्त गिरोहले २ थान आईफोन-१५, सामसुङ कम्पनीको दुई सेट मोबाइल, एप्पल कम्पनीको एक थान ल्यापटप र २ तोला दरको दुईवटा सिक्री लुटेको थियो।

घटनाका अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार उक्त गिरोहले आफुलाई प्रहरी बताउँदै नियमविपरित ल्याइएको सामान भन्दै लुटेका थिए।

घटनाको केही समयपछि मात्र पिडितले प्रहरीमा उजुरी गरेका थिए। प्रहरीले घटनामा प्रयोग भएको २ सय २० र २ सय सिसिको पल्सर मोटरसाइकल पनि बरामद भएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...