News Portal

जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान-श्रीमती बेपत्ता, छोरी गम्भीर घाइते

हिमालीसंचार संवाददाता
२९३ पटक

खलंगा। जाजरकोटमा गए राति पहिरोमा पुरिएर श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन्।

बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ।

जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा मान बहादुर चलाउने र उनकी श्रीमती वडा नं ६ की महिला वडा सदस्य समेत रहेकी मायादेवी चलाउने पुरिएको जानकारी दिए।

घटनास्थलबाट चलाउनेकी छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको तर २ जनाको शव निकाल्न नसकिएको जानकारी गाउँले मार्फत आएको उपप्रमुख सिंहले बताए।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका घटनास्थलमा प्रहरी टोली जाँदै गरेको तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...