News Portal

माछा मार्न गएका दुई जना राप्ती नदीमा बेपत्ता

हिमालीसंचार संवाददाता
२५६ पटक

चितवन। चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन्। शुक्रवार अपरान्ह ३ जना नदीमा माछा मार्न गएका थिए। उनीहरुमध्ये १ जना भेटिएका छन्।

भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जिव चौधरी, वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय पर्साढापले जनाएको छ।

बगेको केहीबेरमा उत्रिएका रोहितकुमारले अन्य दुई जना साथीलाई जमुनाघाटबाट नदीले बगाएको जानकारी प्रहरीलाई दिएका थिए। सोही सूचनाको आधारमा हराएकाहरुको शुक्रबार रातिबाटै खोजी सुरु गरेको थियो।

निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थानीयबासीको टोलीले शनिवार पनि बिहानैबाट हात्ती र मोटरबोटबाट खोजी सुरु गरेका छन्। सेनाले रोहितकुमारको सूचनाको आधारमा अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले पनि दुई जना व्यक्ति राप्तीमा जाँदा बेपत्ता भएको सूचनाको आधारमा खोजी भइरहेको बताए।

चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिले मात्रै माछा मार्न पाउँछन्। निकुञ्जभित्र अनाधिकृतरुपमा प्रवेश गर्न पाइँदैन तर, निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाहरुले प्रशासन तथा सुरक्षार्थ खटिएका नेपाली सेनाको आँखा छल्दै माछा मार्ने, निगुरो, घाँस, दाउराका लागि निकुञ्जभित्र प्रवेश गर्ने गर्छन्।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...