News Portal

  • मानव बेचबिखनको शैली फेरियो

    कहाँ जाने बहिनी भनेर सोध्यो भने- दार्जिलिङ घुम्न जान हिँडेको भन्छन्।

    हिमालीसंचार संवाददाता
    ३०२ पटक

    काठमाण्डौ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई भारतको विभिन्न सहरमा पुर्याउने गरिएको पाइएको छ।

    कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए।

    “विगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका १ सय १९ जना नाबालिगलाई उद्धार गरेका छौँ”, उनले भने, “उद्धार गरिएका ती अधिकांश किशोरी छन्। उनीहरुलाई मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लैजाँदै थियो।”

    पछिल्लो समय मानव बेचबिखनको शैली फेरिएको जनाउँदै उनले नेपाली युवतीलाई भारतीयभूमि पुर्याएर भिजिट राहदानीमार्फत घरेलु कामदारका लागि हङ्कङ र खाडी मुलुक लैजाने प्रवृत्तिसमेत बढेको बताए। माइती नेपालले मानव बेचबिखनका लागि भइरहेका आपराधिक गतिविधि रोक्न सीमामा निगरानी बढाएको समेत जनाएको छ।

    “एक दशक पहिलेको कुरा गर्ने हो भने नाकाबाट लुकीछिपी नेपाली किशोरीहरुलाई भारत पुर्याएर सिधै यौनशोषण हुने कोठीमा बन्धक बनाइन्थ्यो”, उनले भने, “श्रमशोषण गर्ने शैली बदलिएको छ। सामाजिक सञ्जालबाट अपत्यारिलो तलब पाइने जागिरको लोभ देखाउने र भारत लगेर जबर्जस्ती श्रमशोषण गर्ने गिरोहको चलखेल अचेल बढेको पाइएको छ।”

    सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको ७ महिनामा माइती नेपालले पूर्वीनाका काँकडभिट्टामा भारत जाँदै गरेका ६ हजार ७ सय ९१ जनालाई सीमामा रोकेर जाँच गरेको जनाएको छ। यसमध्ये ८ सय १ जनालाई परामर्शपछि सुरक्षित रुपमा फर्काइएको छ।

    सीमामा रोकेर जाँच गरेर फर्काइएका ८ सय १ जनामध्ये १८ वर्ष मुनिका १ सय १९ जना नाबालिग थिए। माइती नेपालको तथ्याङ्कअनुसार सोही अवधिमा काँकडभिट्टा नाकाबाट उद्धार गरेर सुरक्षित रुपमा २२ जना नाबालिगलाई घर पुर्याइएको छ।

    उक्त अवधिमा भारतको विभिन्न सहरमा जोखिमपूर्ण श्रम शोषणमा परेका चार जना नाबालिगलाई उद्धार गरेर नेपाल ल्याइएको घिमिरेले जानकारी दिए। माइती नेपालले काँकडभिट्टालगायत विभिन्न नाकामा निगरानीका लागि कर्मचारी परिचालन गर्दै आएको छ। उनीहरुले भारत जान लागेका बालबालिका र शङ्कास्पद व्यक्तिहरुलाई तत्कालै सोधपुछ र जाँच गर्दै आएका छन्।

    भारतको दार्जिलिङ, सिलिगुढी घुम्न जाने र नातेदारको घरमा पाहुना खान जाने भन्ने बहाना बनाएर गिरोहले नेपाली किशोरीहरुलाई नाका कटाउने गरेको माइती नेपालको सीमा निगरानीकर्ता गङ्गा मगरले बताए।

    “कहाँ जाने बहिनी भनेर सोध्यो भने कोहीले दार्जिलिङ घुम्न जान हिँडेको भन्छन् भने कोहीले आन्टीको घरमा पाहुना लाग्न गएको भनेर हामीलाई झुक्याउन खोज्छन्”, सीमा निगरानीकर्ता मगरले भने, “उनीहरुको हाउभाउ र बोलाइबाटै हामीलाई उनीहरुलाई कसैले प्रलोभनमा पारेर भारत लैजाँदैछ भन्ने थाहा भइहाल्छ। घर ठेगाना, जाने ठाउँको नाम र कामको प्रकृति सोधीखोजी गरेपछि उनीहरुको अवस्था खुलिहाल्छ। भारत लैजाने गिरोहले नै उनीहरुलाई बोर्डरमा ढाँट्न सिकाएको हुन्छ। १८ वर्षमुनिका किशोरीलाई हामी कडा निगरानीमा राख्छौँ।”

    केही वर्षयता काँकडभिट्टा नाकाबाट लुकीछिपी भारतको सिलिगुढी आसपास पुर्याएर नेटवर्किङ धन्धामा नेपाली किशोरीलाई फसाउने प्रवृत्ति बढेको माइती नेपाल काँकडभिट्टाका संयोजक घिमिरेले बताए।

    भारतको सिलिगुढी, चेन्नाइलगायत सहरमा पुर्याएर। ३० हजार भारु मासिक तलब दिने लोभ देखाएर नेपाली चेलीलाई फसाउने गरिएको र लगिसकेपछि होटल, रेस्टुराँ र घरेलु कामदारका रुपमा बन्धक जस्तो बनाएर काममा लगाउने गरिएको धेरै गुनासो आउने गरेको उनले जानकारी दिए।

    पश्चिम नेपालको जुम्ला, बाजुरा, दाङलगायत जिल्लाबाट ऋण काढेर रोजगारी खोज्दै आएका किशोरी इम्पोरियम, ग्लोबल, नेस्क्ट ग्रिप, आर्ज ट्रेडलगायत विभिन्न नेटवर्किङ धन्धामा आफ्नो भएभरको सबै रकम डुबाएर विचल्लीमा पर्ने गरेको माइती नेपालको सम्पर्कमा उद्धार भएकाहरुले बताउने गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

    काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने...

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आखाँहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...

    जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

    काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा...